नुवाकोटको प्रसिद्ध सिन्दूरे जात्रा : दिउँसो तीनवजे सिन्दुरे छर्कने कार्यक्रम

विदुर खबर २०७६ वैशाख ८ गते ४:२३

नुवाकोट वैशाख ८, नुवाकोटको प्रसिद्ध जात्राको रुपमा परिचित सिन्दुरे जात्रा आज रहेको छ ।

Advertisement

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिन्दुरे जात्रा मल्लकालीन समयदेखि नै शुरु भएको पाइए पनि पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय हासिल गरेपछि थप व्यवस्थित बनाइएको जानकारहरु बताउँछन । जात्रामा जिल्लाका सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल एवं सामाजिक संघसंस्थाको प्रतिनिधिको उपस्थितिमा आज दिउँसो ३ बजे खेलिने सिन्दूर जात्रालाई मुख्य अकर्षण र महत्वका रुपमा लिइन्छ ।

प्रतिक्रिया