नुवाकोटमा आकस्मिक उपचारका लागि ‘एअर एम्बुलेन्स’ बन्दै हेलिकोप्टर

विदुर खबर २०७६ वैशाख ७ गते १४:५९

नुवाकोट, वैशाख ७,पछिल्लो समय  नुवाकोटको आकाशमा दिनहुँ जसो निजी बिमान कम्पनीका हेलिकोप्टरहरु  उड्न थालेका छन् भने हेलिकोप्टर आउनासाथ जिल्लामा कतै आकस्मिक घटना भयो कि भन्ने भान समेत गराउन थालेको छ । बितेको साताका ३ वटा घटनाहरुमा आकस्मिक उपचारका लागि बिरामी काठमाडौं लैजान हेलिकोप्टर नै एकमात्र बिकल्प बनेपछि आकस्मिक उपचारका लागि सहज रुपमा हेलिकोप्टर आउने वातावराण् निर्माणका लागि सरोकारवालाहरुले पहल समेत सुरु गरिसकेका छन् ।

Advertisement

काठमाडौंबाट नुवाकोटको हवाई दुरी अत्यन्त कम भएकाले नुवाकोटबाट आकस्मिक उपचारका लागि काठमाडौं लैजानुपर्ने बिरामीहरुका लागि हेलिकोप्टर भरपर्दो माध्यम बन्दै गएको छ । यहि कारण बिरामीका आफन्तहरुले पनि हेलिकोप्टरकै खोजी गर्न थालेका छन् । यसैक्रममा  बिहिबार बिहान घरको छतबाट खसेर घाईते एक बालकलाई प्रभु एअरको हेलिकोप्टर मार्फत काठमाडौं लगियो भने मंगलबार दिउँसो  बट्टारको एक स्वीमीङ पुलमा पौडी खेल्ने क्रममा वेहोसे भएका विदुर नगरपालिका वडा नम्बर ६ महारानीडिहीका २३ वर्षिय शंकर न्यौपानेलाई उपचारका लागि सिम्रिक एअरको ९ल्(ब्व्श् कल साइनको हेलिकप्टरमार्फत काठमाडौं पठाईयो ।

नुवाकोटमा काठमाडौंबाट हेलिकोप्टरको व्यवस्थापनका लागि सहजीकरण गर्दे आएका ग्राण्डि अस्पतालका जनसम्पर्क अधिकृत माधब शर्माका अनुसार हेलिकोप्टरको प्रयोगले बिरामीले चाँडो उपचार पाउने र त्यही कारण धेरैको जीवन सुरक्षित भएको कैयन उदाहरणहरु समेत छन् । नुवाकोटबाट काठमाडौं जाने तीनवटै सडकमार्ग स्तरोन्नतीको क्रममा रहेको र बेला न कुबेला हुने सवारी जामले एम्बुलेन्स समेत प्रभाबित हुने भएका कारण पनि आकस्मिक उपचारका लागि हेलिकोप्टरको खोजी बढ्न थालेको छ । तर भनेको समयमा हेलिकोप्टर नपाईने र हेलिकोप्टरको भाडा समेत एकै प्रकारको नहुने भएपछि सरोकारवालाहरुले यसलाई व्यबस्थित गर्ने प्रयास समेत सुरु गरेका छन् । दिनहुँ जसो आकस्मिक घटनाहरु बढिरहेको र त्यससंगै हेलिकोप्टरको खोजीमा हैरानी समेत बढिरहेपछि जिल्ला समन्वय समितिका सदस्य एवं समाजसेवी गणेशबहादुर शाही लगायतका सामाजिक अभियन्ताहरु एउटा बैधानिक समिति बनाएर आकस्मिक उपचारका लागि सहजीकरण गर्ने प्रयत्नमा जुटेका छन् । शाहीका अनुसार आकस्मिक रुपमा बिरामी लैजान अभिभावकसंग तत्काल रकम पनि नहुन सक्ने र समयमा हेलिकोप्टर समेत नपाईने भएकाले ब्यवस्थित समिति बनाएर समिति मार्फत नै आवश्यक प्रबन्ध मिलाउन सके त्यसबाट धेरैको जीवन सुरक्षित गर्न मद्धत पुग्ने निश्चित छ ।

Advertisement

प्रतिक्रिया