नुवाकोट डाँडामा बोलेरो दुर्घटना, ५ जना घाईते

विदुर खबर २०७६ वैशाख ७ गते १४:५१

नुवाकोट, वैशाख ७, नुवाकोटको विदुर नगरपालिका वडा नं २ को महामण्डलमा शनिवार साँझ वोलेरो दुर्घटना हुँदा ५ जना घाईते भएका छन ।

Advertisement

बिदुर नगरपालिका वडा नं. २ स्थित नेपाल टेलिकमको टावर मर्मत गरी फर्कने क्रममा बा ७ च ९१८० नम्बरको वोलेरो जिप सडकबाट अन्दाजी ३० मिटर खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भिमलाल भट्टराईले बताउनुभयो । घाइते हुनेहरुमा नुवाकोट बिदुर नगरपालिका वडा नं. २ कालिकाकोट बस्ने बर्ष ५० को कोष बहादुर बानियाँ,सिन्धुपाल्चोकका देव लामा,र सानो कान्छा तामाङ, पर्साका जिल्लाका प्रबिन खड्का, जनकपुरका निरोज कुमार शाह रहेको डिएसपी भट्टराईले बताउनुभयो ।

घाईतेहरुको उपचारको लागी जिल्ला अस्पताल त्रिशुलीतर्फ पठाईएका छ । घाईतेमध्ये सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया