नुवाकोट दरवार पुनर्निर्माणको लागि चिनिया टोली नुवाकोट आउँदै

विदुर खबर २०७६ वैशाख ५ गते २:३१

नुवाकोट । नुवाकोट दरवार पुनः निर्माण गर्न चिनियाँ टोली शुक्रबार नुवाकोट आउने भएको छ ।

Advertisement

काठमाडौमा रााष्ट्रिय पुनः निर्माण प्राधिकरणका अधिकारीहरुसँगको छलफलमा चिनियाँ टोलीले दरबार निर्माणको लागि शुक्रबार नुवाकोट आउने तयारी भएको नुवाकोट सरोकार समाजका संयोजक रामलाल श्रेष्ठले बताए ।

चिनियाँ टोलीले नुवाकोटको साततले दरवार, गारतघर, रंगमहल, तलेजु मन्दिर, लाम्पाटी र सेतोपाटीको निर्माण गर्ने बताइएको छ । वि.सं २०७२ सलमा गएको महाभुकम्पमा परी ऐतिहासिक नुवाकोट दरबार भत्किएको थियो ।

Advertisement

प्रतिक्रिया