विप्लव माओवादीको नेपाल बन्दको प्रभाव : नुवाकोट र रसुवा ठप्प

विदुर खबर २०७६ वैशाख ५ गते २:००

नुवाकोट । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दले नुवाकोट रसुवाको जनजीवन प्रभावित बनेको छ ।

Advertisement

सरकारको रवैया ठिक नभएको,राजनितिक आधारमा भेला हुन पाउने संवैधानिक अधिकारको सरकारले खिल्ली उडाएको र पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दे विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको हो । बन्दले नुवाकोटबाट काठमाण्डौ जाने सबै यातायातका साधन ठप्प भएका छन । सवारी साधन नचल्दा आम सर्वसाधारण मर्कामा परेका छन । बन्दले जिल्लाको शैक्षिक संस्थाहरुसमेत प्रभावित बनेका छन । सडकमा फाट्टफुट्ट मोटरसाइकल मात्र चलेको जिल्ला ट्राफिक कार्यलय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया