थालेसिमायो रोगबाट पिडित लिखु गाउँपालिका बराफेदिकी बलिकाद्धारा सहयोगको अपिल
विदुर÷थालेसिमायो रोगबाट पिडित लिखु गाउँपालिका वडा नं १ बराफेदिकी १२ वर्षिय पुष्पा राईले आर्थिक अभावले उपचार गर्न नसकेको भन्दै सहयोगको लागि अपिल गरेकी छिन ।
जन्मेको ११ महिनादेखि कडा प्रकृतिको थालेसिमायो रोग लागेको र आफ्नो वावुको आर्थिक स्थिति पनि नाजुक रहेको भन्दै आफुलाई सहयोग गर्न सबैसँग अनुरोध गरिन । सोमबार विहान विदुरखबरको कार्यलयमा आफ्ना बुवासँग आएकी पुष्पाले आफु सानैदेखि रोगबाट पिडित भएको र परिवारको आर्थिकस्तर समेत कमजोर रहेकोले सबैको सहयोग पाएमा आफुले नयाँ जीवन पाउने बताइन । बट्टारको सुभेनियर बोडिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत राईको वोनम्यारोमा ब्लड उत्पादन नभएकोले प्रत्येक दुई सातामा ब्लड दिनुपर्ने उनका वुवा पशुपति राईले बताए । शरीरमा ब्लड उत्पादन नभएकोले पुष्पालाई थ्रि फेलवास,नियमित चेकजाँच र औषधी उपचारको लागि मासिक २० हजार रुपैयाँभन्दा बढी खर्च हुने पुष्पाका वुवा पशुपतिले जानकारी दिए ।
“चिकित्सकले बोनम्यारो परिर्वतन सल्लाह दिएका छन । त्यसको लागि ३० लाखभन्दा बढी रुपैयाँ लाग्छ त्यो मेरो क्षमताले भ्याउँदै पुष्पाका पशुपतिले भने ।” परिवारको एकल सन्तान छोरीनै रहको भन्दै उनले आफ्नी छोरीको जीवन रक्षा गरिदिन सबैसँग अनुरोध गरेका छन । थालेसिमायो रोगबाट पिडित पुष्पालाई सहयोग गर्नलाई ९८६०५८६८५९ वा ९८४१७६२८९६ मा सम्पर्क गर्न सकिने वा पुष्पा राइृको हिमालयन बैक लिमिटेड बट्टार शाखामा रहेको खाता नंम्बर ०२६०६१४२८७००१३ मा पैसा जम्मा गर्न सकिने उनका वावु पशुपतिले जानकारी दिए । आफुसँग जग्गा जमिनको नाममा चार आनाजग्गा सिवाए केही नभएकाले सबैसँग सहयोगको लागि अनुरोध गरेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया