दुवै मृर्गौला फेल भएका वेलकोटगढीका इन्द्रबहादुरद्धारा अस्पतालबाटै सहयोगको अपिल
विदुर÷ दुवै मृगौला फेल भएर विगत एक महिनादेखि काठमाण्डौको माहाराजगन्जस्थित टिचिङ्ग अस्पतालमा उपचाररत बेलकोटकगढी नगरपालिका वडा न ४ बडारेका १९ बर्षीय इन्द्रबहादुर तामाङले आर्थिक सहयोग गर्न अपिल गरेका छन ।
तामाङले उपचारको क्रममा तीन लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको भन्दै सहयोग गरेमा आफुले नयाँ जीवन पाउने आशा व्यक्त गरे । तामाङले आफ्नो आर्थिक स्थिति कमजोर भएकोले उपचारमा समस्या परेको बताए । चिकित्सकहरुले मिर्गौल प्रत्यारोपण गर्नु पर्ने बताए पनि कमजोर आर्थिक अवस्थाको कारण प्रत्यारोपण गर्न नसकेको इन्द्रबहादुरका वुवा रेशम तामाङले बताए ।
“एक महिनादेखि उपचार गराउँदा तीन लाखभन्दा बढी रुपैयाँभन्दा बढी रकम खर्च भयो, प्रत्यारोपण गर्न चिकित्सकहरुले १५ लाख रुपैयाँभन्दा बढी लाग्ने बताएका छन । त्यती धेरै रकम कसरी जोहो गर्ने समस्या परिरहेको छ”, इन्द्रवहादुरका दाजु सुमन तामाङले भने । आर्थिक स्थिति कमजोर भएकोले सबैको सहयोगमा भाइलाई नयाँ जीवन दिलाउन सकिन्छ कि भन्ने आशा भने पलाएको उनले बताए । दुबै मृगौला फेल भएका इन्द्रवहादुरलाई आर्थिक सहयोग गर्नको लागि उनका वुवा र दाजुलाई ९८१०२८१५९४ र ९८६४५९८६२९ मा फोन गर्न सकिने तथा हिमालयन बैकमा रहेको ००२०८१२९४९००१२ खाता नंम्बरमा पैसा जम्मा गर्न सकिने विरामीका भिनाजु सन्दीप मोक्तानले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया