गंगटेमा ट्रिफरको ठक्करबाट एकको मृत्यु एक घाईते,चालक प्रहरी नियन्त्रत्रणमा

विदुर खबर २०७५ चैत २९ गते ५:२३

गंगटे÷ नुवाकोटकाके विदुर नगरपालिकाको गंगटेमा आज विहान ट्रिफरको ठक्करबाट एक जनाकोे मृृत्यु भएको छ भने एक जना घाईते भएका छन ।

Advertisement

मृत्यु हुनेमा नुवाकोटमा वुदुरमा आज पनि सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । मोटरसाइकल चालक दिवाकर खनाल रहेको जिल्ला प्रहरी कार्यलयय नुवाकोटका डिएसपी भिमलाल भट्टरार्ईले बताए । गंगटेबाट आइरहेको टिफर र बट्टारबाट गंगटे तर्फ गईरहेको मोटरसाइकल भिमसेन माध्यामिक विद्यालय नजिक रहेको साँघुरो मोडमा एकआपस ठोक्किदा मोटरसाइकल चालक दिवाकर खनालको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल चालक खनालको मृत्यु भएपछि आक्रोशित भएका स्थानियले ट्रिफरमा आगजनी गरेका थिए । उनीहरुले दोषीलाई कारवाहीको माग गर्दे पासाङ ल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको त्रिशुली देविघाट गल्छी राजमार्ग अवरुद्ध गरेका छन । आक्रोशित भएका स्थानियले नुवाकोटमा ट्रिफर आतंक्क बन्द गर्न माग गरेका छन । ट्रिफर चालक रामवहादुर जीसीलाई जिल्ला प्रहरी काार्यलय नुवााकोटले नियन्त्रत्रणमा लिएको छ । सो ट्रिफर टुन्डी कन्ट्रक्सन कम्पनीमा आवद्ध भएको बुझिएको छ ।

Advertisement

प्रतिक्रिया