नुवाकोटमा पुननिर्माण प्रक्रिया छिटो सक्न सरोकारवालाको आग्रह
विदुर÷ पुननिर्माण प्रक्रिया छिटो सम्पन्न गर्न सरोकारवालाअहहरुले आग्रह गरेका छन ।
समाज सचेतन केन्द्र नुवाकोटको आयोजनामा मंगलबार विदुरमा भएको भुकम्प पछिको पुननिर्माण प्रक्रिया,विद्यामान अबस्था र सामाजिक तथा साँस्कृतिक सवालहरू विषयक नितिगत संवाद कार्यक्रममा सरोकारवालाहरुलले बताएका छन । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटकी उपप्रमुख अप्सरा थापाले पुननिर्माण प्रक्रिया छिटो गराउन जिल्लाका सबै स्थानिय तहले ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि पुर्व सांसद राजेन्द्रप्रकाश लोहनीले भुकम्प पछिको पुननिर्माण प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने बताए । त्यस्तै मानवअधिकारका केन्द्रीय उपाध्यक्ष बिदुर सुवेदीले भुकम्पपछिको पुननिर्माण प्रक्रियामा नागरिकलाई सहज तरिकाले अनुदान प्राप्त गर्ने वातावरण तयार पार्न कार्यक्रमले सहयोग गरेको बताएका छन् ।
त्यस्तै सो कार्यक्रममा जिल्ला आयोजना कार्यनयन इकाईका प्रमुख बिकी लाखाले भुुकम्पपछिको पुननिर्माणमा केही ढिलाई भएको भएपनि पुननिर्माण कार्य जिललामा अहिले सन्तोषजनक रुपमा अघि बढेको बताए । कार्यक्रममा समाज सचेतन केन्द्र नुवाकोट अध्यक्ष यम कुमार खातीले अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था र जनप्रतिनिधिको रोहवरमा भुकम्प पछिको पुननिर्माण प्रक्रियाको विद्यामान अबस्थाबारे छलफल हुनुले अनुदान र निर्माण प्रक्रियामा सहजीकरण भएको बताए ।
कार्यक्रममा जिल्ला खेलकुद समितिका नुवाकोटका अध्यक्ष बुद्धि प्रदान, दुप्चेश्वर गाउँपालिकाका प्रशासकीय अधिकृत रामहरि गजुरेल, पञ्चकन्या १ का वडा अध्यक्ष मणि लामिछाने, विदुर नगरपालिका ६ का वडा अध्यक्ष राजु सडौला एवं अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाहरूका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा भुकम्पपछिको पुननिर्माणमा विद्यामान अबस्था,सामाजिक तथा साँस्कृतिक सवालहरू विषयक कार्यपत्र केन्द्रका घनेन्द्र रिजालले प्रस्तुत गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया