नुवाकोटमा पुननिर्माण प्रक्रिया छिटो सक्न सरोकारवालाको आग्रह

विदुर खबर २०७५ चैत २७ गते ११:४१

विदुर÷ पुननिर्माण प्रक्रिया छिटो सम्पन्न गर्न सरोकारवालाअहहरुले आग्रह गरेका छन ।

Advertisement

समाज सचेतन केन्द्र नुवाकोटको आयोजनामा मंगलबार विदुरमा भएको भुकम्प पछिको पुननिर्माण प्रक्रिया,विद्यामान अबस्था र सामाजिक तथा साँस्कृतिक सवालहरू विषयक नितिगत संवाद कार्यक्रममा सरोकारवालाहरुलले बताएका छन । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटकी उपप्रमुख अप्सरा थापाले पुननिर्माण प्रक्रिया छिटो गराउन जिल्लाका सबै स्थानिय तहले ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि पुर्व सांसद राजेन्द्रप्रकाश लोहनीले भुकम्प पछिको पुननिर्माण प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने बताए । त्यस्तै मानवअधिकारका केन्द्रीय उपाध्यक्ष बिदुर सुवेदीले भुकम्पपछिको पुननिर्माण प्रक्रियामा नागरिकलाई सहज तरिकाले अनुदान प्राप्त गर्ने वातावरण तयार पार्न कार्यक्रमले सहयोग गरेको बताएका छन् ।

त्यस्तै सो कार्यक्रममा जिल्ला आयोजना कार्यनयन इकाईका प्रमुख बिकी लाखाले भुुकम्पपछिको पुननिर्माणमा केही ढिलाई भएको भएपनि पुननिर्माण कार्य जिललामा अहिले सन्तोषजनक रुपमा अघि बढेको बताए । कार्यक्रममा समाज सचेतन केन्द्र नुवाकोट अध्यक्ष यम कुमार खातीले अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था र जनप्रतिनिधिको रोहवरमा भुकम्प पछिको पुननिर्माण प्रक्रियाको विद्यामान अबस्थाबारे छलफल हुनुले अनुदान र निर्माण प्रक्रियामा सहजीकरण भएको बताए ।

Advertisement

कार्यक्रममा जिल्ला खेलकुद समितिका नुवाकोटका अध्यक्ष बुद्धि प्रदान, दुप्चेश्वर गाउँपालिकाका प्रशासकीय अधिकृत रामहरि गजुरेल, पञ्चकन्या १ का वडा अध्यक्ष मणि लामिछाने, विदुर नगरपालिका ६ का वडा अध्यक्ष राजु सडौला एवं अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाहरूका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा भुकम्पपछिको पुननिर्माणमा विद्यामान अबस्था,सामाजिक तथा साँस्कृतिक सवालहरू विषयक कार्यपत्र केन्द्रका घनेन्द्र रिजालले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया