नुवाकोट उद्योग वाणिज्य संघको कार्यसमिति चयनका लागि केहिवेरमा मतदान शुरु हुँदै
विदुर खबर
२०७५ चैत २३ गते २:२८
विदुर। नुवाकोट उद्योग वाणिज्य संघका नयाँ कार्य समिति चयनको लागि केहि वेरमा मतदान शुरु हुने भएको छ ।
मतदान विदुरको ईलम प्रशिक्षण केन्द्रमा हुने नुवाकोट उद्योग वाणिज्य संघकी कोषाध्यक्ष गीता अमात्यले जानकारी दिनुभयो ।विहान ८ बजेपछि मतदान शुरु हुने भनिएपनि विदुरमा ठुलो पानी परेपछि मतदान प्रक्रियामा केही समय ढिला हुन पुगेको हो । उद्योग वाणिज्य संघको नेतृत्व लिन वर्तमान अध्यक्ष ताराबहादुर कार्की र पुर्व उपाध्यक्ष रमेश श्रेष्ठ लागि परेका छन । अध्यक्षमा प्रतिष्पर्धी रहेका कार्की कांग्रेस निकटका व्यवसायी हुन भने श्रेष्ठ नेकपा निकटका व्यवसायी हुन । कुल १८ सयभन्दा बढी मतदाता रहेको उद्योग वाणिज्य संघमा कसले बाजी मार्ने हो त्यो प्रतिक्षाको विषय बनेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया