नुवाकोट उद्योग बाणिज्य संघको चुनाव : भोट माग्न ब्यबसायीहरु घरघरमा

विदुर खबर २०७५ चैत १८ गते १५:१५

विदुर÷आगामि चैत्र २२ र ३३ गते हुने नुवाकोट उधोग वाणिज्य संघको १६ औँ साधारण सभा तथा दशौँ अधिबेशन नजिकिएसँगै भोट माग्न व्यवसायीहरु घरघरमा पुगेका छन ।

व्यवसायिक संस्थामा राजनैतिक समुहका आधारमा प्रतिस्पर्धा हुँदा सकारात्मक संदेश नदिने भन्दै सहमतिका आधारमा नेतृत्व चयनको प्रयास भएपनि सफल नभएपछि प्रतिस्पर्धाबाट पदाधिकारी छनौट हुन लागेको छ । अध्यक्ष्यसहित सम्पुर्ण पदमा सत्ता निकट नेकपाबाट युवा व्यवसायि रमेश श्रेष्ठको प्यानल र काङ्गेसले बर्तमान अध्यक्ष्य तारा बहादुर कार्किको प्यानल चुनावी मैदानमा उत्रिएको छ । यस अघिको अधिबेशनमा तत्कालिन नेकपा एमालेबाट प्रत्यासि बनि झिनो मतले पराजित भएका युवा व्यवसािय श्रेष्ठ पुर्वमाआबादि केन्द्र निकटका व्यवसायिको मत थपिँदा आफु जित्नेमा बिश्वस्त देखिएका छन् । झन्डै १८०० मतदाता रहेको नुवाकोट उधोग वाणिज्य संघमा बिजयि बन्न सके आफ्नो हैसियत वढ्ने विस्वासमा अहिले पार्टिका जिल्ला स्तरिय नेताहरु आफ्नो प्यानल र प्रतिस्पर्धीको प्रचारमा लागेका छन् । व्यवसायिहरुको हकहितको पक्षमा काम गर्नुपर्ने उधोग वाणिज्य संघका पदाधिकारिका प्रतिस्पर्धी तय गर्न नेपाली काङ्गेसले प्रदेश सभामा पराजित उमेद्वार महेन्द्र थिङलाइ जिम्मा दिएको थियो ।

बिगतका समयमा काँग्रेसको बिभिन्न गुटबाट सहयोग÷असहयोग हुने गरेको थियो । यस पटक भने काँग्रेस नेताहरु रामशरण महत, प्रकाश शरण महत, अर्जुन नरसिंह केसी र बहादुर सिङ लामा तामाङले लोकतान्त्रिक समुहलाई निर्बाचित गराउन पार्टिले सर्कुलर गरेको छ । उद्योग बाणिज्य संघमा काँग्रेस निकटका ब्यबसायीहरु धेरै रहेकाले आफ्नो प्यानलको जित सुनिश्चित रहेको अध्यक्षका प्रत्यासि थताराबहादुर कार्किको भनाई छ । सबै उम्मेद्धवारहरु बेल्कोटगढी क्षेत्र का ब्यबसायीहरु बिच भेटघाटमा ब्यस्त भएका छन् । मनोनया दर्तासँगै उम्म्ेद्धवारहरु मतदाता भेटघाटमा ब्यस्त भएका हुन् । सहमतीको प्रयास लामो समय सम्म भएकाले उम्मेद्धवारहरु ब्यबसायीको बिचमा पुग्न सकेका थिएनन् । यता, नेकपाको तर्फबाट अध्यक्षका प्रत्यासि रहेका रमेश श्रेष्ठ सहितको प्यानल त्रिशुली बजार क्षेत्रमा रहेका ब्यासायीहरुबाट भेटघाट सुरु गरेको छ ।
अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट बर्तमान अध्यक्ष ताराबहादुर कार्कि र नेकपाको तर्फबाट अघिल्लो अधिबेसनमा ७ मत अन्तरले पराजित भएका पुरानै ब्यबसायी रमेश श्रेष्ठ बिचमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । अघिल्लो अधिबेसनमा नेकपा एमालेको तर्फबाट उम्मेद्धवार बनेका श्रेष्ठले कार्किसँग ७ मत अन्तरले पराजित भएका थिए ।

हाल नेकपा माओबादी केन्द्र र नेकपा एमालेको एकता भएकाले तत्कालीन अबस्था भन्दा श्रेष्ठ बलियो उम्मेद्धवार रहेको ब्यबसायीहरुको भनाई छ । यता, बर्तमान अध्यक्ष समेत रहेका कार्किले उद्ययोग बाणिज्य संघमा रहेर बजार तथा ब्यबसायीहरुको सुरक्षाको लागी मुख्य बजार श्रेत्रमा सिसि क्यामेरा जडान गरेको, जापनिज ट्राउट माछाको लागी दाना उत्पादन केन्द्रको स्थापना भैरहेको, बाणिज्य संघमा अचल सम्पतीको बढवा भएको लगायतका कार्यहरुका कारण ब्यबसायी बिच लोकप्रिय रहेको बताईएको छ । दुबै उम्मेद्धवारहरु आफ्नो पक्षमा मत पार्नका लागी बाणिज्य संघमा दर्ता भएका ब्यबसायीहरुसँग भेटघाट बाक्लो बनाउन थालेका छन् । नुवाकोट उद्ययोग बाणिज्य संघमा ८ पदाधिकारी सहित २३ सदस्यिय कार्य समितिको चयन हुने छ । जसको अध्यक्षमा श्रेष्ठ र कार्कि बिच कडा प्रतिष्पर्धा हुनेृ अनुमान गरिएको छ । यस्तै, बरिष्ठ उपाध्यक्षमा नेपाली काँग्रेसका तर्फबाट बर्तमान कोषाध्यक्ष गिता अमात्य र नेकपाको तर्फबाट पुर्ब महासचिब ईन्जिनियर रामकृष्ण राज भण्डारी रहेका छन् । यस्तै, प्रथम उपाध्यक्षमा नेपाली काँग्रेसबाट राजेन्द्र श्रेष्ठ र नेकपाको तर्फबाट उसनमान श्रेष्ठ, दित्तिय उपाध्यक्षमा सन्तोष उप्रेती र लिडर श्रेष्ठ बिच प्रतिष्पर्धा हुने छ ।

यस्तै, महा सचिबमा अघिल्लो अधिबेसनकै प्र्रत्यासि हरु रहेका छन् । नेकपाको तर्फबाट बर्तमान महासचिब दिपक कायस्थ र नेपाली काँग्रेसबाट कृष्ण अधिकारी बिचमा प्रतिष्पर्धा हुनेछ । यस्तै, सचिबमा उपेन्द बुडाथोकि र राजु बोगटी, कोषाध्यक्षमा दिनेश श्रेष्ठ र राजाराम अधिकारी, प्रबक्तामा सबिनराज भण्डारी र श्याम सुन्दर श्रेष्ठ बिचमा चुनाबि प्रतिष्पर्धा हुने छ । चैत्र २४ गते तोकिएको मतदान कार्यक्रमलाई लक्षित गर्दै सबै उम्मेद्धवारहरु प्यानल सहित मतदाता भेटघाटमा जुटेका छन् ।
यस्तै, सदस्यहरुमा कार्कि प्यानलबाट सदस्यहरुमा बिष्णु प्याकुरेल, सुमन भण्डारी, मधुसुदन थपलिया, गगन लामा, उद्धब पन्थ, लक्ष्मण लामिछाने, सुनिल बज्राचार्य, मेघनाथ घिमिरे, निरज खड्गी, सरोज ।ैष्ठ रहेका छन् । यस्तै, महिला सदस्यहरुमा लिस्ना प्रधान, ज्ञानु गिरि, र अञ्जली श्रेष्ठ रहेका छन् ।

यता श्रेष्ठ प्यानलबाट सदस्यहरुमा पवन नेपाल, सञ्जिब थपलिया, रामधन ढकाल, दिपक तिमल्सिना, नारायण पौडेल, ईश्वर पौडेल, सेल्बोन तामाङ, श्याकुमार कुँबर, बिनय प्रसाद लामिछाने र श्याम सुन्दर कुँबर रहेका छन् । यस्तै, महिला सदस्यहरुमा लक्ष्मि कुमारी प्रधान, बिष्णुमाया डङगोल र शर्मिला अर्याल रहेका छन् । यस्तै, बस्तुगत सदस्यहरुमा नेकपाको तर्फबाट बुद्धि प्रसाद रिजाल र प्रकाश भण्डारीको उम्म्ेद्धवारी रहेको छ । यता कार्कि प्यानलबाट बस्तुगत सदस्यमा ध्रुब कुमार रावल र उत्तम ढकालको उम्मेद्धवारी रहेको छ ।

प्रतिक्रिया