लिखुकी धनकुमारीले फिर्ता पाइन नागरिकता र सामाजिक सुरक्षा भत्ताको कार्ड

विदुर खबर २०७५ चैत १४ गते १०:५१

शालिकराम चालिसे नुवाकोट, नुवाकोटको लिखु गाउँपालिका वडा नं ४ चौघडाकी धनकुमारी राईले नागरिकता र सामाजिक सुरक्षा भत्ताको कार्ड फिर्ता पाएकी छिन ।

Advertisement

काठमाण्डौको थापाथली पछिल्तिर रहेको सुकुम्बासी बस्तीछेउ भेटिएकी उनलाई प्रधानमन्त्रि तथा मन्त्रिपरिषदकोे पहल तथा जिल्ला प्रशाशन कार्यलय नुवाकोेटको सहकार्यमा नागरिकताको प्रमाणपत्र र सामाजिक सुरक्षा भक्ताको प्रमाणपत्र फिर्ता गरिएको हो । गत शनिबार ९ गते नेपाल समाचारपत्र दैनिकले ‘न नागरिकता दिए न भक्ता ’ भन्ने समाचार प्रकाशित गरेपछि प्रधानमन्त्रि के.पी शर्र्मा ओली तथा प्रधानमन्त्रि कार्यलयले धनकुमारीको वस्तुस्थिितिको बारेमा जानकारी लिन जिल्ला प्रशासन कार्यलय नुवाकोटलाई र नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापालाई १० गते आइतबार निर्देशन दिएको थियो । जिल्ला प्रसाशन कार्यलय नुवाकोटमा धनकुमारीको नागरिकता र सामाजिक सुरक्षा भत्ताको छानविनको लागि प्रधानमन्त्रि केपी शर्मा ओलीे चासो व्यक्त गर्र्नुुभयो र छानविन गर्र्दा धनकुमारीको नागरिकता तेस्रो व्यक्तिले लिएको पाइयो नुवाकोटका प्रजिअ उद्धववहादुर थापाले बताए ।

गाउँका स्थानिय रोहित राईले संरक्षण गरिदिने भन्दैै बृद्ध धनकुमाारीको नागरिकताको प्रमाणपत्र लगेका रहेछन । उनीसँग मागेर हामीले धनकुमारीका छोरीहरु र नातिललाई बुझाएका छौ प्रमुख जिल्ला अधिकारी थापाले भने । धनकुमारीलाई वितरण पुरानै नागरिकता प्रशासनकको रोहबरमा दिइएको हो । जिल्ला प्रशासन कार्यलय नुवाकोेटबाट वि.स. २०४९ सालमा लिइएको उनको नागरिकता नंम्बबर ३२८७४÷४००८ रहेको सहायक सिडीयो गोपाल अधिकारीले बताए । धनकुमारीलाई दुई छोरीहरु र नातीको रोहबरमा छोडिए सहायक सिडियाो अधिकारीले बताए । नागरिकतामा उनको जन्म मिति वि.स. १९९० साल भदौ ४४ गते उल्लेख छ । धनकुमारीको नाममा ९ आना जग्गमा बनेकोे घरको लोभले अन्य व्यक्तिले नागरिकता लिईको पाईएको नुवाकोटका प्रजिअ थापाले बताए । जिल्ला प्र्शासन कार्यलयमा हजुरआमालाई लिन आएउका नाती राजकुमार राईले अबदेखि हजुरआमाको राम्रोसँगग हेरचार गर्ने बताए । उनले अबका दिनमा हजुरआमालार्ई सडकमा माग्नुपर्ने अवस्था आउन नदिने बताए । ८५ वर्षिय धनकुमारीको दुई छोरा र दुई छोरी रहेका छन । छोरीहरुको विवाह भइसकेको र छोराको मृत्यु भएकोे भन्दै उनी थापाथलीस्थित माागेर गुजार गर्दै आइरहेकी थिइन । उनी कान नसुन्ने र कम बोल्ने भएकोले नागरिकता प्राप्त गरेपछि कस्तो लाग्यो भन्ने प्रश्नमा प्रतिmित्रत्रया समेत दिइनन ।

Advertisement

धनकुमाारीको नागरिकता र वृृद्धभत्ताबारेको समाचार प्रकाशित भएपछि उनलाई उद्धार गरी नुवाकोट पठाउने व्यवस्था मिलाएको प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयका सहसचिव तथा प्रवत्ता विनोद कुवरले बताए । जिल्ला प्रशासन कार्यलयका अनुसार धनकुमारीको यहि साउनदेखि समाजिक सुरक्षा भक्ता लिन बाँकी रहेको बुझीएको छ । प्रशासनले लिखु गाउँपपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ र वडा नं ४ का वडाअध्यक्ष दलजित राईलाई उनको सामााजिक सुरक्षा भक्ता अरुमार्फत नदिन समेत निर्देशन दिएको छ । यसअघि अरुले लिएको पाइएमा असुल समेत गर्न गाउँपालिकका र वडालाई निर्देशन गरिएो प्रजिअ थापाले बताए ।

प्रतिक्रिया