भूकम्पपछि २ सय २१ सम्पदाको पुनर्निर्माण,कहिले बन्छ नुवाकोट दरबार ?

विदुर खबर २०७५ चैत ११ गते १:५०

नुवाकोट,भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा हालसम्म २ सय २१ सम्पदाको मात्रै पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पबाट प्रभावित भएका १४ जिल्लाका सम्पदा मध्य झण्डै ५० प्रतिशत सम्पादको निमार्ण सम्पन्न भएको हो ।

Advertisement

पुरातत्व विभागले आगामी तीन वर्षभित्र सम्पुर्ण सम्पदाको पुनर्निर्माण भैसक्ने जनाएको छ । विभागका अनुसार बिसं २०७८ सम्ममा भूकम्प प्रभावित ३१ जिल्लाकै सम्पुर्ण सम्पदा पुनर्निर्माण भैसक्नेछन । विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार भूकम्पले करिब १ हजार ६ सय सम्पदामा क्षति पुगेको थियो । ती मध्य १४ जिल्लाका ७ सय ५३ सम्पदामा क्षति पुगेको थियो । विभागले भूकम्प पछि विभागबाट १ सय ६१, अन्य संघ संस्थाले ४२ र पशुपति विकास कोषले १८ सम्पदा पुनर्निर्माण सम्पन्न गरिसकेको जनाएको छ ।

पछिल्लो तथ्याङक अनुसार हालसम्म २८ प्रतिशत सम्पदाको पुननिर्माण भैसकेको, ३० प्रतिशत पुननिर्माण जारी र ४२ प्रतिशत निर्माण गर्न बांकी रहेको छ । विभागले भूकम्प अति प्रभावित १४ जिल्लाका ५० प्रतिशत सम्पदाको पुनर्निर्माण भैसकेको दाबी गरेको छ । प्रवक्ता कुवँरका अनुसार २०७५÷०७६ मा ५० प्रतिशत, २०७६÷०७७ मा ७५ प्रतिशत र २०७८ सम्ममा सतप्रतिशत निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । विभागले हाल २०७८ सम्मको पुनर्निर्माण योजना अघि सारेको छ । प्रवक्ता कुवँरले केभिपिटीले ३, स्विसले २, चीनले १ र श्रीलंकाले २ वटा सम्पदा पुनर्निर्माण गरिरहेको जानकारी दिनुभयो ।

Advertisement

पुनर्निर्माण गर्न विभागले ३ अर्ब २३ करोड २३ लाख ४४ बजार बजेट विनियोजन गरेको छ । सो मध्य भारत सरकारको १ अर्ब ४० करोड ८० लाख र जापान सरकारको ३३ करोड बजेट समावेश गरिएको छ । विभागले चालु आवमा १ अर्ब ४९ करोड रुपियाको पुनर्निर्माण गरिरहेको छ । वहुवर्षिय योजनाका ८६ वटा सम्पदा मध्य हालसम्म २२ वटा सम्पन्न भैसकेका छन् । पछिल्लो समयमा सबैभन्दा धेरै भक्तपुर दरबार क्षेत्रका सम्पदा पुनर्निर्माण भएका छन । त्यसपछिललितपुरका सम्पदाको पुनर्निर्माण भएका छन् । दुई वर्षसम्म सुस्ताएको हनुमानढोका दरबार क्षेत्रका सम्पदा धमाधम पुनर्निर्माण हुने क्रम रहेको विभागले दावी गरेको छ । विभागको तथ्याङक अनुसार पाटनको भीमसेन मन्दिर अगाडीको सिंहको मुर्ति, योग नरेन्द्र मल्लको शालिक, सुन्दरी चोकको पूर्वी लङ, तलेजु र मुलचोकको छाना, मणिमण्डप, सोह्खुट्टे पाटी निर्माण सम्पन्न भएको छ ।

हनुमानढोकाको लक्ष्मीनारायण, महादेव, सरस्वती, नगरा, सिंहसत्तल, मोहनकाली चोकको माथिल्लो मोहडा,पञ्चमुखी हनुमान, श्वेतभैरव, मशानचोकको नृत्यश्वर मन्दिर, प्रताप मल्लको शालिक, देगु तलेजु, नौतले र गद्धी बैठक बीचको राणाकालिन भवन, गद्धी बैठकको पुननिर्माण सम्पन्न भैसकेको छ । विश्व सम्पदा सुचीमा सुचिकृत स्वयम्भूका एक दर्जन सम्पदाको पुनर्निर्माण सम्पन्न भैसकेको छ । स्वंयम्भूको टासी गोर्माग चैत्य, अनन्तपुर, प्रतापपुर, शान्तिपुरको पाटी, मञ्जुश्री सत्तल लगायत छन् । त्यस्तै चीन सरकारको सहयोगमा पुनर्निर्माण भैरहेको नौतले दरबारको ७५ प्रतिशत काम सम्पन्न भैसकेको छ । त्यस्तै नुवाकोट दरबार परिसरका करिब आधा दर्जन सम्पदा पुनर्निर्माणको क्रममा रहेको छ । विभागका प्रवक्ता कुवँरले यही अवस्थामा पुनर्निर्माण हुदै गए आगामी दुई वर्षभित्र भूकम्पले ध्वस्त, आशिंक क्षति र प्रभावित भएका सम्पुर्ण सम्पदहरुको पुनर्निर्माण भैसक्ने जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया