आजबाट एसईई परिक्षा शुरु,नुवाकोटबाट साढे ४ हजारले परिक्षा दिँदै

विदुर खबर २०७५ चैत १० गते २:३२

नुवाकोट,आजबाट माध्यामिक परिक्षा एसईई शुरु भएको छ । परिक्षामा नुवाकोटबाट साढे ४ हजार परिक्षार्थी सहभागी भएका छन ।

Advertisement

शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका अनुसार परिक्षामा नियमिततर्फ ४ हजार २ सय र ग्रेड वृद्धिका लागि एकसय ३२ जना विद्यार्थी सहभागी भएका छन । परिक्षाको लागि नुवाकोटमा २४ ओटा परिक्षा केन्द्र तोकिएको छ । तोकिएको केन्द्रमध्ये २१ ओटा सामुदायिक र ३ ओटा निजि विद्यालय रहेको बताइएको छ ।

एसर्ईईको लागि सबैभन्दा बढी त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय त्रिशुली केन्द्रमा ३ सय ८ जना र कम बागेश्वरी माध्यामिक विद्यालय केन्द्रमा ९३ जना परिक्षार्थीले परिक्षा दिने कार्यलयले जनाएको छ । केन्द्र परेका विद्यालयलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको शिक्षा विकास तथा समन्वय एकाई नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया