स्वर्गीय नेता गणेश पण्डितको नाममा श्रद्धान्जली सभाको आयोजना

विदुर खबर २०७५ चैत २ गते १५:३१

नेकपा नुवाकोटका स्वर्गीय नेता गणेश पण्डितको सम्झनामा शनिवार नेकपा नुवाकोटको कार्यलयमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ ।

Advertisement

नेपाल रााष्ट्रिय शिक्षक संगठन तथा अखिल नेपाल शिक्षक संगठनको संयुत्त आयोजनामा श्रद्धान्जली कार्यक्रमको आयोजना गरिएको हो ।

श्रद्धान्जली सभा कार्यक्रममा बोल्नुहुँदै प्रदेश सभाका सांसद बद्री मैनालीले स्वर्गीय नेता पण्डितले देखाउनुभएको बाटोलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा अर्का प्रदेश सांसद केशव पाण्डेले स्वर्गीय नेता पाण्डेले शिक्षा क्षेत्रमा अविस्मरणीय योगलान गरेको बताए । कार्यक्रममा नेकपाका विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिक्रिया