जनताको हितमा काम गर्न नेकपा नुवाकोटको जनप्रतिनिधिलाई आग्रह

विदुर खबर २०७५ चैत २ गते १५:०९

नेपाल कम्युनिष्ट पार्टी नुवाकोटले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुसँग शनिबार अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

Advertisement

नेकपा नुवाकोटले जनमुखी कार्ययोजना निर्माण तथा जनताको हितमा कसरी काम गर्ने भन्ने सवालमा रहेर कार्यक्रमको आयोजना गरेको एक नेताले विदुरखबरलाई बताए । पार्टीबाट निर्वाचित जनप्रतिनिधिले सन्तोषजन काम नगरेको भन्दै जनताबाट तिव्र आलोचना शुरु हुँदा जनहितको लागि कसरी काम गर्न सकिन्छ भन्ने सवालमा रहेर छलफल गरिएको भेलामा सहभागी नेकपा ति नेताले बताए ।

देशभर नेकपाको एकिकरण अन्योल बनिरहँदा नुवाकोटका सबै नेता तथा कार्यकर्ता आज भेलामा सहभागि भएका थिए । यस कार्यक्रमलाई पार्टी एकिकरणको प्रक्रियाको रुपमा समेत हेरिएको छ । भेलामा नेकपा प्रदेश नं ३ कि संयोजक अष्टलक्ष्मी शाक्य, प्रतिनिधि सभाका सांसद हितबहादुर तामाङ, प्रदेश सांसद बद्री मैनाली, नेकपा नुवाकोटका नेता पुष्प लामिछाने तथा नेकपाबाट निर्वाचित विभिन्न स्थानिय तहका जनप्रतिनिधि र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया