त्रिशुली जलविद्युत कम्पनीले ३७ लाख ५ हजार कित्ता आईपिओ निष्काशन गर्ने
त्रिशुली जलविद्युत कम्पनीले चैत ७ गते देखि ३७ लाख ५ हजार कित्ता आईपिओ निष्काशन गर्ने भएको छ ।
सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत आईपिओ निष्काशन गर्ने यो पहिलो जलविद्युत कम्पनी पनि भएकाे छ ।कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको ३७ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । त्यस मध्ये ३ प्रतिशत अर्थात १ लाख ११ हजार १५० कित्ता कर्मचारीको लागि छुट्ट्याएर बाँकी ३५ लाख ९३ हजार ८५० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो । जनताको जलविद्युत कार्यक्रम अन्र्तगत आईपिओ निष्काशन भएकाले हाललाई प्रतिशेयर १० रुपैयाँका दरले न्युनतम १०० कित्ता देखि अधिकत्तम १० हजार कित्ता सम्म आबेदन गर्न सकिनेछ । शेयर खरिद गर्न चाहनेले शेयर मूल्यको १० प्रतिशत रकम भुक्तानी गरेर आबेदन गर्न सकिने व्यवस्था छ । बाँकी ९० प्रतिशत पूँजी भने आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएपछि भुक्तानी गर्न सकिनेछ ।
यस अघिनै धितोपत्र बोर्डले जनताको जलविद्युत कार्यक्रमका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ संशोधन गरेको थियो । त्यस अनुसार अब सरकारको लगानीमा बन्ने जलविद्युत परियोजनाहरुमा सर्वसाधारणहरुबाट शेयर पूँजीको १० प्रतिशत अग्रिम संकलन गर्न सकिने व्यवस्था छ । ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युत्को शेयरधनी’ कार्यक्रममा समेटिएका जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्दा क्रेडिट रेटिङ गराउनु नपर्ने निर्णय बुधबार नेपाल धितोपत्र बोर्डले गरेको थियो । त्यस्तो निर्णयले सरकारको कार्यक्रमअनुसार कार्यान्वयन आउन लागेका जनताको जलविद्युत् कार्यक्रमलाई थप सहजीकरण गर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया