नुवाकोटको ८५ वडामा मेलमिलाप केन्द्रको स्थापना

विदुर खबर २०७५ फागुन ११ गते १६:१०

नुवाकोटमा रहेका ८८ वडामध्ये ८५ वडामा सामुदायिक मेलमिलाप केन्द्रको स्थापना गरिएको छ ।

Advertisement

जिल्लामा रहेका ८८ वडामध्ये ८५ वडामा केन्द्रको उद्धघाटन गरिएको प्राकृतिक श्रोत तथा द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोटका कार्यक्रम संयोजक सिताराम पौडेलले जानकारी दिनुभयो । पौडेलले नुवाकोटको सबै स्थानिय तहमा केन्द्रको स्थापना गर्ने अभियान केहि दिनमा सम्पन्न हुने बताउनुभयो । नुवाकोटमा रहेका १२ स्थानिय तहमध्ये विदुर नगरपालिका वडा नं १ र ६ तथा ककनी गाउँपालिका वडा नं १ मा केन्द्रको स्थापना हुन बाँकी रहेको पौडेलको भनाई छ ।

शुक्रबार बेलकोटगढी नगरपालिका वडा नं ९ को कार्यलय उद्घाटन कार्यक्रममा नगरपालिकाकी उपमेयर कविता ढुङ्गानाले मेलमिलाप केन्द्रले समय र पैसाको बचत गरेर प्रभावकारी काम गरेको बताउनुभयो । उपमेयर ढुङ्गानाले आफ्नै गाउँटोलमा गएर पहुँचविहिनहरुको लागि मेलमिलापकर्ताले राम्रो काम गरेको बताउनुभयो ।

Advertisement

त्यस्तै फागुन ९ गते किस्पाङ गाउँपालिकामा आयोजित न्यायिक समिती, मेलमिलाप केन्द्र र स्थानिय प्रहरीबिच अन्तरक्रिया तथा अनुभब आदान प्रदान कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाकी उपाध्यक्ष मायादेवि न्यापानेले गाउँपालिका अन्र्तगत रहेका मेलमिलापकर्ताहरुलाई क्षमता वृद्धि गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । उहाँले समाजमा भएको झगडा मिलाउन मेलमिलापकर्ताले न्यायिक समितिलाई सहयोग पुगेको बताउनुभयो ।

त्यस्तै फागुन ३ गते तादी गाउँपालिकाको कार्यलयमा भएको न्यायिक समिती, मेलमिलाप केन्द्र र स्थानिय प्रहरीबिच अन्तरक्रिया तथा अनुभब आदान प्रदान कार्यक्रममा मेलमिलाप कर्ताले गरेको कामको सबैले प्रशंशा गरेका थिए । त्यस्तै पन्चकन्या र दुप्चेश्वरमा गाउँपालिका आयोजित कार्यक्रममा मेलमिलाकर्ताले सबैले जित्ने अवस्था सिर्जना गरि मेलमिलाप गराउने गरेको गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सिता खड्का र अन्जु आचार्यले बताउनुभयो ।

Advertisement

नुवाकोटमा रहेका ८५ मेलमिलाप केन्द्रमार्फत ८ सय मेलमिलाप कर्ताले प्रत्येक वडामा पुगेर द्धन्द समाधानमा महत्वपुर्ण भुमिका खेल्दै आएका छन । केन्द्रले जटिल किसिमका मुद्धाहरु समेत किनारा लगाउन सफल भएको सरोकारवालाहरु बताउँछन ।

प्रतिक्रिया