नुवाकोटमा हुने प्रदेश नं ३फुटवलको तयारी तिव्र(फोटो फिचर)
नुवाकोट,नुवाकोटमा फागुुन २४ गते शुक्रबारदेखि हुन लागेको प्रदेश नं ३ स्तरीय पुरुष फुटवल प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।
प्रदेश नं ३ को १३ जिल्लामध्ये प्रतियोगितामा रसुवा जिल्ला भने सहभागि नहुने नुवाकोट फुटवल संघका उपाध्यक्ष उद्धव पनेरुले बताउनुभयो । । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको उपाध्यक्ष पनेरुले विदुरखबरलाई बताउनुभयो । प्रतियोगिताको लागि नुवाकोटका खेलाडीहरु दैनिक प्रशिक्षणमा व्यस्त भएका छन ।
प्रदेश नं ३ का सबै खेलाडी नुवाकोट आउने भएपछि जिल्लामा फुटवलको थप विकासमा टेवा पुग्ने एन्फा नुवाकोटले जनाएको छ । नुवाकोटमा यसअघि पनि वहुप्रतिष्ठित नुवाकोट गोल्डकप सफल रुपमा सम्पन्न भइसकेकोले जिल्लामा फुटवल खेलले थप गति लिनेमा खेलाडीहरुले विश्वास व्यक्त गरेका छन ।
यसैबिच जिल्लामा नै प्रदेश छनोटको खेल खेल्न पाउने भएपछि नुवाकोटको खेलाडीले खुशी व्यक्त गरेका छन । नुवाकोट गोल्डकपमा उत्कष्ट खेल पस्किएर घरेलु दर्शकको मन जितेका खेलाडीले प्रतियोगिामा उत्कृष्ट प्रर्दशन गर्ने विदुरखबरलाई बताए । प्रदेश नं ३ स्तरीय खेलकुद प्रतियोगिता अन्र्तगत महिला फुटवल भने सिन्धुपाल्चोकमा आगामी फागुन १८ गतेदेखि शुरु हुनेछ ।
फागुन ६ गतेबाट शुरु भएको प्रदेश नं ३ स्तरीय प्रतियोगिता फागुन २८ गते पुरुष फुटवलको फाइनलका दिन नुवाकोटमा सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । प्रतियोगितामा उत्कृष्ठ हुने खेलाडीले आठौ रााष्ट्रय खेलकुद प्रतियोगितामा सहभागिता जनाउनेछन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया