नुवाकोटमा कसले ग¥यो एनसेलको टावरमा आगजनी ?

विदुर खबर २०७५ फागुन ११ गते ९:१५

नुवाकोट,नुवाकोटको विदुर नगरपालिका वडा नं २ को अशोकबाटीकामा रहेको एनसेलको टावरमा शुक्रबार साँझ अज्ञात समुहले आगजनी गरेको छ ।

आगजनीको कारण टावर धस्त भएको छ । नुवाकोटको ऐतिहासिक साततले दरवार नजिकै रहेको एनसेलको टावरमा आगजनी भएको हो । दरबार नजिकै प्रहरी र नेपाली सेनाको कार्यलय रहेको स्थानमा पनि आगजनी हुनुले त्यहाँको सुरक्षामा समेत चुनौती थपिएको छ । आगजनीसँगै नुवाकोटमा एनसेलको सेवा बन्द भएको छ ।

आगजनी कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । यसैबिच देशभरका एनसेलको टावरमा आगजनीको घटना बढेसँगै प्रहरीले अनुसन्धान शुरु गरेको छ । एनसेलले कबर नतिरेको भन्दै यसअघि विप्लभ समुहको माओवादीले आगजनी गरेको कारण अहिले पनि सोही समुहले आगजनी गरेको सरकारले आशंका गरेको छ ।

Advertisement

प्रतिक्रिया