नुवाकोटमा कसले ग¥यो एनसेलको टावरमा आगजनी ?
विदुर खबर
२०७५ फागुन ११ गते ९:१५
नुवाकोट,नुवाकोटको विदुर नगरपालिका वडा नं २ को अशोकबाटीकामा रहेको एनसेलको टावरमा शुक्रबार साँझ अज्ञात समुहले आगजनी गरेको छ ।
आगजनीको कारण टावर धस्त भएको छ । नुवाकोटको ऐतिहासिक साततले दरवार नजिकै रहेको एनसेलको टावरमा आगजनी भएको हो । दरबार नजिकै प्रहरी र नेपाली सेनाको कार्यलय रहेको स्थानमा पनि आगजनी हुनुले त्यहाँको सुरक्षामा समेत चुनौती थपिएको छ । आगजनीसँगै नुवाकोटमा एनसेलको सेवा बन्द भएको छ ।
आगजनी कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । यसैबिच देशभरका एनसेलको टावरमा आगजनीको घटना बढेसँगै प्रहरीले अनुसन्धान शुरु गरेको छ । एनसेलले कबर नतिरेको भन्दै यसअघि विप्लभ समुहको माओवादीले आगजनी गरेको कारण अहिले पनि सोही समुहले आगजनी गरेको सरकारले आशंका गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया