दुप्चेश्वरमा जिल्लास्तरीय भलिवल प्रतियोगिता शुरु

विदुर खबर २०७५ फागुन ११ गते ८:२०

दुप्चेश्वर , नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पर्यटन प्रर्वदनको लागि जिल्लास्तरीय भलिवल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ ।

Advertisement

कल्याण माध्यामिक विद्यालयको वालकुमारी क्लबको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका ९ माध्यामिक विद्यालयले सहभागिता जनाएका छन । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कल्याण मावि र रााष्ट्रिय मावि विजयी भएका छन । आइतबारसम्म संचालन हुने प्रतियोगितामा प्रथम हुनेले २० हजार रुपैयाँ र ट्रफी, दोस्रो हुनेले १० हजार रुपैयाँ र ट्रफी तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ र ट्रफी पाउने आयोजक वालकुमारी क्लबका अध्यक्ष रन्जना खतिवडाले बताइन । साथै प्रतियोगितामा उत्कृष्ट डिफेन्स र स्पाइकरलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन नेकपा नुवाकोटका नेता तथा बुद्धभुमि हाइड्रोपावर कम्पनिका अध्यक्ष पुर्णलाल श्रेष्ठले गर्नुभएको थिथो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै श्रेष्ठले नुवाकोटको खेल विकासमा यस्ता प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । श्रेष्ठले स्वच्छ जविन जिउनको लागि खेल महत्वपुर्ण रहेको बताउनुभयो । साथै उहाँले नुवाकोटको खेल क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताए ।

Advertisement

कार्यक्रममा कल्याण माविका प्रध्यानाअध्यापक अमृतलाल श्रेष्ठ, युवासंघ दुप्चेश्वरका नेता नरेश तामाङ लगायतले खेलकुद र दुप्चेश्वरको पर्यटन प्रर्वदनको लागि प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

प्रतिक्रिया