सुईरेचौरमा प्याराग्लाईडिङको सफल परिक्षण

विदुर खबर २०७५ फागुन ९ गते १६:०२

हरि भेटवाल- नुवाकोट जिल्लाको पुर्वी भेगमा अबस्थित शिवपुरी गाउँपालिकाको वडा न ७ सुईरे चौरमा प्यारागलाईडिङको परिक्षण उडान सफलता पुर्वक सम्पन्न भएको छ ।

Advertisement

१९०० हाईट उचाइमा रहेको रमणीय पर्यटकिय स्थल सुईरे चौर मा आज नेपाल प्यारागलाईडिङ कम्पनी प्रा लि ले २ ओटा प्यारागलाईडिङ उडएर परिक्षण उडान सफल गरेको हो । सुईरे चौर बाट उडान सुरु गरेर शिवपुरी ८ थानपतिको सतरि फाटमा ल्याण्ड गरेको थियो । प्यारागलाईडिङको परिक्षण उडान अबलोकन गन पुगनु भएका पुर्व सासद तथा नेकपा नेता राजेन्द्र प्रकास लोहनी ले सुईरे चौरमा प्यारागलाईडिङ को ब्याबसायिक उडानले सेवा गरे शिवपुरीको सुईरे चौरमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने र काठमाडौबाट नजिकै रहेकोले पर्यटकिय हब बन्ने बताउनु भयो ।

रेडियाे जालपाका प्रबन्धक निर्देशक उतम श्रेष्ठले प्यारागलाईडिङ सेवा को ब्याबसायिक उडान गरेमा सुईरे चौरमा आन्तरिक तथा बाह्य पर्यटनहरु धेरै आउने र शिवपुरी को अार्थिक विकास मा टेवा पग्ने बताउनु भयो । अब केही समय पछि सुईरे चौरबाट ब्याबसायिक रुपमा प्यारागलाईडिङ उडान सेवा दिने नेपाल प्यारागलाईडिङ कम्पनी का मेनेजर डाईरेक्टर ज्ञान भक्त डगोलले जानकारी दिनुभयो । अहिले नुवाकोट जिल्लामा प्यारागलाईडिङ गर्न पहिलो स्थान सुईरे चौर भएको छ ।

Advertisement

प्रतिक्रिया