जिल्लाब्यापी बिधालयस्तरिय क्रिकेट प्रतियोगिताको उपाधी गुडविल एकेडेमीलाई

विदुर खबर २०७५ फागुन ६ गते १४:२४

नुवाकोट क्रिकेट संघको आयोजना र नुवाकोट जेसिजको सह-आयोजनामा संचालित जिल्लाब्यापी बिधालय स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी गुडविल एकेडेमीले जितेको छ ।

Advertisement

आज भएको फाईनल खेलमा गुडविल एकेडेमीले अर्किड एकेडेमी ‘ए’ लाई १ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको अर्किड एकेडेमीले निर्धारित २० ओभरको खेलमा १५ .२ ओभरमा अलआउट हुँदै ७२ रन बनायो ।अर्किडको तर्फबाट कुशल नेपाली र अन्जान लामिछानेले समान ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ गुडविल एकेडेमीका अमिक कुमालले ४ विकेट र सुदर्शन गजुरेलले २ विकेट लिए । ७३ रनको बिजयी लक्ष्य पछ्याएको गुडविल एकेडेमीले १७.३ ओभरमा ९ विकेट गुमाउदै बिजयी लक्ष्य पार गर्यो । गुडविललाई उपाधी दिलाउन सुदर्शन गजुरेलले २३ रन बनाए ।बलिङतर्फ अर्किडका सुमित कुवरले ३ विकेट र सन्जय भट्टराईले २ विकेट लिए । खेलमा सुदर्शन गजुरेल म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताको बेस्ट बलर गुडविलका अमिक कुमाल, बेस्ट ब्याट्सम्यान अर्किड ‘ए’ का कुशल नेपाली र म्यान अफ दि सिरिज गुडविलका अमिक कुमाल घोषित भए ।

माघ २८ गतेदेखी संचालित प्रतियोगिताको समापन बिदुर नगरपालिकाका मेयर सन्जु पन्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिदुर नगरपालिका वार्ड नम्बर ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठ, नुवाकोट उद्योग बाणिज्य संघका कोषाध्यक्ष गिता अमात्य, श्री श्रीनाथ गणका सेनानी बालकृष्ण कार्की, जलकुम्भी कन्ट्रक्सनका प्रोपाईटर सुशील फुयाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै मेयर पन्डितले नुवाकोटमा क्रिकेट खेलमैदानको निर्माणको बिदुर नगरपालिका निकै सकारात्मक रहेको बताउदै नुवाकोट क्रिकेट संघलाई सहयोग गर्न तत्पर रहेको बताए । त्यस्तै बिदुर वार्ड नम्बर ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठले नेपालले क्रिकेट खेलमा यति धेरै उपलब्धि हासिल गर्दै गर्दा नुवाकोटले पनि त्यस्तै उपलब्धि हासिल गर्नुपर्ने र जसको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Advertisement

नुवाकोट उद्योग बाणिज्य संघका कोषाध्यक्ष गिता अमात्यले क्रिकेट खेल बिकाश हुन खेलमैदान नै हुनुपर्ने बताए जसको लागि सबै पक्ष मिलेर लाग्नुपर्ने बताए । नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले जिल्लाको जिम्मेवार पक्षबाट क्रिकेट बिकासको लागि कुनै सहयोग नपाएको गुनासो गरे । बिदुर नगरपालिका र जिल्ला खेलकुद बिकाश समितीले क्रिकेट खेललाई पक्षपात गरेको गुनासो गरे । उनले कुनै खेललाई २० औ लाख दिने र कुनै खेललाई एक रुपैया नदिने यो कस्तो न्याय भनी मेयरलाई गुनासो गरे । माघ २८ गतेदेखि संचालित प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको थियो । बिजेता टिमले ट्रफी मेडल प्रमाणपत्र सहित १० हजार बराबरको क्रिकेट सामाग्री हात पारे । त्यस्तै उपबिजेताले ट्रफी मेडल र प्रमाणपत्र सहित रु ६००० बराबरको क्रिकेट सामाग्री हात पारे ।

प्रतिक्रिया