तुप्चेमा आँखा शिविर सम्पन्न,३३० जनाको आँखाको शल्यक्रिया गरियो

विदुर खबर २०७५ फागुन ४ गते ९:३८
नुवाकोटको तुप्चेमा बुधबारदेखि सुरु भएको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ३३० जनाको आखाको शल्यक्रिया गरिएको छ ।
जिल्लाको विभिन्न स्थानमा गरिएको निःशुल्क आँखा परीक्षणमा पत्ता लगेका बिरामी तथा तुप्चे स्थित चण्डेश्वरी माध्यामिक विद्यालयमा सञ्चालन गरेको आँखा परीक्षणबाट भेट्टिएका मोतियाबिन्दु लागेका बिरामीलाइ शल्यक्रिया सेवा दीइएको थियो ।शिविर सञ्चालनमा तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौ, सामुदायिक आँखा केन्द्र विदुर र नेपाल रेडक्रस सोसाइटी नुवाकोट सयुक्त आयोजक रहेको थियो ।यसैगरी तुप्चेमा क्रियाशिल रहेको २५ विभिन्न सामाजिक सँस्था एवम् सरकारी सँस्था क्रियाशील रहेका थिए ।
शिविरको बुधबार उद्घाटन गर्नुहुदै प्रदेसभा सदस्य हिरानाथ खतिवडाले गुमेको ज्योतीलाई पुनः दिलाउनको लागी सञ्चालन गरिएको शिविर मानवीय सेवाको उत्कृष्ट कार्य भएको बताउदै उहाँले शिविर सञ्चालनको लागी स्थानीयस्तरबाट आयोजक भएर देखाएको सक्रियताको प्रशंसा गर्नु भएको थियो । तीनदिनसम्म चल्ने शिविरमा जिल्लाको तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौबाट आएका दक्ष एवम् अनुभवी चिकित्सकहरुको टोली आँखा परीक्षण र शल्यक्रियाको लागी खटिएका छन भने उहाँहरुलाई सामुदायिक आँखा केन्द्र विदुरका इञ्चार्ज शंकर अधिकारी लगायतको टोलीले सहयोग पुराएको शिबिरको स्थानीय आयोजक न्यू तुप्चे युवा क्लबका अध्यक्ष दिनेश बोगटीले जानकारी दिनुभयो ।
साथै लामो समयदेखि मोतियाबिन्दु का कारण अन्धकारमा जिवन बिताइ रहेका १६ जना दृस्टिबिहिन सहित ३२१ मोतियाबिन्दु र ९ जनाको समान्य सल्यकृया गरि ३३० जनाको शल्यक्रिया गरिएको सामुदायिक आखा केन्द्रका ईन्चार्ज शंकर अधिकारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया