नुवाकोट बन्दको प्रभाव ,रसुवा समेत ठप्प

त्रिशुली÷राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितहरुको समुह सडक प्रभावित सरोकार समितिले आफुहरुलाई आयोजनाले मुअब्जा नदिएको भन्दै आज नुवाकोट बन्दको आह्वान गरेको छ ।
बन्दको प्रभावले नुवाकोट मात्र नभई रसुवा समेत ठप्प भएको छ । बन्दले नुवाकोटका शैक्षिक संस्था,उद्योग, यातायातहरु समेत ठप्प भएको छ । बन्दले रसुवा जाने तथा काठमाण्डौ जाने यात्रुवाहक वस, ट्रक,कन्टेनरहरु समेत अलपत्रमा परेका छन ।
समितिले आइतबार हुने नुवाकोट बन्दलाई सफल बनाउन सबैलाई आह्वान समेत गरेका छ । समितिका संयोजक लिलानाथ न्यौपानेले शनिबार सामाजिक संजाल फेसबुकमार्फत बन्दको समयमा सबै सरकारी, निजी तथा विद्यालय , यातायात, सरकारी कार्यलय, र सबै कार्यलय र पसल बन्द गरेर सहयोग गर्न सबैलाई आह्वान गरेका हुन ।
समितिको बन्दलाई यसअघि एकेवद्धता जनाउँदै एकिकृत रााष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादीका) केन्द्रिय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आफ्नो व्यक्तिगत सम्पति सरकारले कुनैपनि हालतमा लिन नसक्ने भन्दै जसरी पनि पिडितहरुले मुअब्जा पाउनुपर्ने बताइसकेका छन । तर आयोजनले भने विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने बताएको छ ।
प्रतिक्रिया