आइतबार नुवाकोट बन्द,यस्तो हुँदैछ तयारी
नुवाकोट÷ राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितहरुको समुह सडक प्रभावित सरोकार समितिले आफुहरुलाई आयोजनाले मुअब्जा नदिएको भन्दै आइतबार नुवाकोट बन्दको आह्वान गरेका छन ।
समितिले आइतबार हुने नुवाकोट बन्दलाई सफल बनाउन सबैलाई आह्वान समेत गरेको छ । समितिका संयोजक लिलानाथ न्यौपानेले शनिबार सामाजिक संजाल फेसबुकमार्फत बन्दको समयमा सबै सरकारी, निजी तथा विद्यालय , यातायात, सरकारी कार्यलय, र सबै कार्यलय र पसल बन्द गरेर सहयोग गर्न सबैलाई आह्वान गरेका हुन । संघर्ष समितिकी उपसंयोजक गिता अमात्यले आइतबार विहान ६ बजेदेखि साँझ ४ बजेसम्म नुवाकोट बन्द गर्न लागेको बताइन । उनले जनताहरु सुकुमबासी बन्न लागेकोले सरकार र सडक आयोजनालाई घचघचाउन जिल्ला बन्द गर्न लागको बताइन । उनले बन्दको समयमा विरामी, प्रेस र अत्याआवश्यक सवारीसाधन भने चल्न दिने बताइन ।
समितिको बन्दलाई यसअघि एकेवद्धता जनाउँदै एकिकृत रााष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादीका) केन्द्रिय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आफ्नो व्यक्तिगत सम्पति सरकारले कुनैपनि हालतमा लिन नसक्ने भन्दै जसरी पनि पिडितहरुले मुअब्जा पाउनुपर्ने बताइसकेका छन । त्यस्तै संघर्ष समितिको मागप्रति नेकपा नुवाकोट र नेपाली कांग्रेसका जिल्ला नेतृत्वले यसअघिनै सहमति जनाइसकेका छन ।
सडक आयोजनले भने विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया