आज पौषे औशीे दिबंगत पित्तृको सम्झनामा श्राद्ध गरिँदै, बेत्रावतिमा भिड

विदुर खबर २०७५ पुष २१ गते २:२९

बेत्रावति÷आज पौषे औशीे दिबगत पित्तृको सम्झनामा आज नुवाकोट र रसुवाको संगमको रुपमा रहेको वेत्रावति नदिको किनारमा श्राद्ध गरिँदै छ ।

Advertisement

पौषे औसीका दिन बर्षमा नियमित श्राद्ध गर्न पर्नेमा विभिन्न कारणले गर्दा श्राद्ध रोकिएकाहरुले आज श्राद्ध गरेमा मोक्ष मिल्ने बताइन्छ । औसीको दिन श्राद्ध गर्न आउनेको घुइचो हुने आशंकामा विदुर नगरपालिकाले व्यवस्थापन पक्षमा ध्यान दिएको विदुर नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष गणेश नेपालले बताउनुभयो ।

उत्तरगयाको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन बेत्रावतीमा आई पितृहरुलाई पिण्डदान गर्नाले पितृहरु मोक्ष मिल्छ भन्ने बिश्वासका साथ भक्तजनहरुको भीड लाग्ने गर्दछ । देवता र दानवले समुन्द्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकूट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगंगा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औंसीका दिन सबै देवता र मृतात्माहरुको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको हो ।

Advertisement

प्रतिक्रिया