हाम्रो समाचारको प्रभाव,वडाअध्यक्ष तिमील्सीनाले गरे २४ हजार रुपैयाँ फिर्ता
गेर्खु÷विदुर नगरपालिका वडा नं ११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सीनाले वडा कार्यलयको बेरुजु २४ हजार रुपैयाँ शुक्रबार फिर्ता गरेका छन ।
विदुर नगरपालिका वडा नं ११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सीनाले गेर्खुमा एकै व्यक्तिको नाममा तीनपटकसम्म सामाजिक सुरक्षा भत्ता वितरण निकासा गरेको तथ्य खुलेको समाचार विदुर खबरले ब्रेक गरेपछि वडाअध्यक्ष तिमिल्सीनाले शुक्रबार विदुर नगरपालिकाको नाममा बेरुज रकम फिर्ता गरेका नगरपालिकाको कार्यलयले जनाएको छ ।
महालेखाको कार्यलयले विदुर नगरपालिका वडा नं ११ को नाममा २४ हजार रुपैयाँ बेरुजु देखाएसँगै वडा वडाअध्यक्ष झस्किएका थिए । वडाअध्यक्ष मिमिल्सीनाले वडा नं ११ गेर्खुका बालकुमारी प्याकुरेल नाम गरेकी वृद्धाको नाममा तीनपटक र समर वहादुर श्रेष्ठको नाममा २ पटकसम्म आर्थिक वर्ष २०७४÷७५ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरेको महालेखा कार्यलयको तथ्याङकमा उल्लेख गरिएको थियो ।
गेर्खुका वडाअध्यक्ष तिमिल्सीनाले गत वर्ष आफै र केही सहयोगीमार्फत सामाजिक सुरक्षा वितरण गरेका थिए । वडा नं ११ मा एकै व्यक्तिले ३ पटकसम्म सामाजिक सुरक्षा पाएको समाचार विदुर खबरमा प्रकाशन भएसँगै वडा कार्यलयमा खैलाबैला मच्चिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया