बेलकोटगढी नगरपालिकामा ३० करोडको लगानीमा चक्रपथ र बसपार्क बन्ने
विदुर खबर
२०७५ पुष २० गते १२:३६

बाघखोर÷बेलकोटगढी नगरपालिकामा करिव ३० करोड रुपैयाँको लगानीमा नगर चक्रपथ र वसपार्क बन्ने भएको छ ।
एकिकृत सहरी बिकास योजना(IUDP) दीर्घकालीन सोच निर्धारण कार्यशाला गोष्ठीबाट नगरपालिकाले नगर चक्रपथ र बसपार्क को योजना पास गरेको बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुङ्गानाले बताउनुभयो । नेपाल सरकार सहरी बिकास मन्त्रालयको आर्थिक सहयोग, इ.आर.एम.सि,नेस्ट र जियोकम इन्टरनेसनल को प्राबिधिक सहयोग बाट बेलकोटगढी नगरपालिकामा नगर चक्रपथ र बसपार्क बन्ने नगरपालिकाकी उपमेयर कविता ढुङ्गानाले बताउनुभयो ।
यसअघि नै बेलकोटगढी नगरपालिकाले नगर भित्र रहेका सडकहरुको सडक गुरुयोजना तयार गरि अगाडि बढेको थियो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया