Exclusive News:गेर्खुमा एकै व्यक्तिको नाममा तीनपटकसम्म सामाजिक सुरक्षा भत्ता वितरण
विदुर नगरपालिका र वडा कार्यलय मौन
गेर्खु । विदुर नगरपालिका वडा नं ११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सीनाले गेर्खुमा एकै व्यक्तिको नाममा तीनपटकसम्म सामाजिक सुरक्षा भत्ता वितरण निकासा गरेको तथ्य खुलेको छ । महालेखाको कार्यलयले विदुर नगरपालिका वडा नं ११ को नाममा २४ हजार रुपैयाँ बेरुजु देखाएसँगै वडा वडाअध्यक्ष झस्किएका छन ।
वडाअध्यक्ष मिमिल्सीनाले वडा नं ११ गेर्खुका बालकुमारी प्याकुरेल नाम गरेकी वृद्धाको नाममा तीनपटक र समर वहादुर श्रेष्ठको नाममा २ पटकसम्म आर्थिक वर्ष २०७४÷७५ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरेको महालेखा कार्यलयको तथ्याङकमा उल्लेख गरिएको छ । बालकुरमारी प्याकुरेलको नाममा ३ पटकसम्म वितरण गरिएको सामाजिक सुरक्षा भत्तामा नागरिकता नंम्बर २५६४ र जन्म मिति २००२ साल जेष्ठ १५ गते उल्लेख गरिएको छ । त्यस्तै २ पटकसम्म सम्मरबहादुर श्रेष्ठको नाममा निकासा गरिएको नाममा नागरिकता नंम्बर १७१२ र जन्म मिति २००३ साल असोज १४ उल्लेख गरिएको छ ।
२ पटकसम्म सामाजिक सुरक्षा भत्ता निकासा गरिएका सम्मरवहादुर श्रेष्ठले आफुले सामाजिक सुरक्षा भत्ता २ पटक नलिएको बताए । उनले आफुले ८ हजार रुपैयाँ मात्र बुझेको आफुलाई थाहा नभएको र त्यसको बारेमा स्वयम वडाअध्यक्ष तोयानाथ तिमिल्सीनालाई सोध्न आग्रह गरे । श्रेष्ठले वृद्धअवस्थामा आएर आफु झुट नबोल्ने भन्दै यसवषियमा आफु अनविज्ञ रहेको बताए । वडा कार्यलयले गत आर्थिक वर्षमा बालकुमारी प्याकुरेलको नाममा नै तिनपटक वृद्धाभत्ता समेत वितरण गरिएको पाइए पनि गाउँमा बालकुमारी नामकी एक वृद्ध भेटिएपनि उनको र भत्ता वितरण गरिएकी बालकुमारीको नागरिकता नंम्बर र जन्म मिति समेत फरक देखिएको छ । भेटिएकी बालकुमारीले वृद्ध भत्ता नियमित पाइरहको बताइन ।
यस विषयमा विदुर नगरपालिका वडा नं ११ का वडाअध्यक्ष तोयानाथ तिमल्सीनाले भने अनविज्ञता प्रकट गरेका छन । वडाअध्यक्ष तिमिल्सीनाले आफुलाई सो बारेमा जानकारी नभएको र नगरपालिकाले वेरुजुबारे औपचारिुक पत्र काटे आफुले वेरुजु आएको रकम फिर्ता गर्ने लाचार जवाफ दिएका छन । गेर्खुका वडाअध्यक्ष तिमिल्सीना गत वर्ष आफै र केही सहयोगीमार्फते सामाजिक सुरक्षा वितरण गरेका थिए । यसवर्षदेखि सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउन विदुर नगरपालिकाले सबै भुक्तानी बेकमार्फत दिने व्यवस्था मिलाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया