Breaking News:गेर्खुटारमा सुख्खा पहिरो,एकको मृत्यु एक घाइते

विदुर खबर २०७५ पुष १७ गते १४:४७

नुवाकोट÷नुवाकोटको बिदुर नगरपालिकाको वडा नम्बर १० गेर्खु ढाडखोलामा मंगलबार साँझ करिव साढे ६ बजेतिर सुख्खा पहिरो जाँदा एक जना बटुवाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।

Advertisement

मृत्यु हुनेमा विदुर नगरपालिका वडा नं १० की करिव ६५ बषिर्य प्रेमकुमारी तामाङ रहेको जिल्ला प्रहरी कार्यलदय नुवाकोटका डिएसपी भिमलाट्टले बताए । त्यस्तै घाइते हुनेमा करिव अन्दाजी ५० वर्षिय रामकुमारी तामाङ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका डिएसपी भट्टराईले जनानकारी दिए ।  तामाङ द्धय जेठानी देयरानी रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । मृतक जेठानी प्रमकुमारी तामाङको उपचारको लागि जिल्ला अस्पताल त्रिशुली लैजाने क्रममा मृत्यु भएको र अस्पताल पुराउने बित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए ।

देउरानी रामकुमारी तामाङको भने जिल्ला अस्पतालमा सामानय उपचार गरेपछि थप उपचारको लागि काठमाण्डौको ग्रान्डसिटि अस्पतालमा उपचारको लागि रिफर गरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया