लिखु गाउँपालीकाका मेलमिलापकर्तालाई परिचयपत्र वितरण

विदुर खबर २०७५ पुष १४ गते १४:१०

चौघडा। लिखु गाउँपालिकामा कार्यरत मेलमिलाप कर्तालाई परिचयपत्र वितरण शुरु गरिएको छ ।

Advertisement

लिखु गाउँपालिकाको वडा नं ४ चौघडामा शनिवार आयोजित न्यायिक समिती, मेलमिलाप केन्द्र र स्थानिय प्रहरीबिच अन्तरक्रिया तथा अनुभब आदान प्रदान कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रोजिना राईले गाउँपालिकामा काम गर्ने मेलमिलापकर्ताहरुलाई परिचयपत्र वितरण गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक राईले मेलमिलापकर्ताको लागि अब गाउँपालिकाले प्रत्येक वडामा कार्यलयको लागि व्यवस्था गरेको बताउनुभयो । उहाँले गाउँपालिका अन्र्तगत रहेका मेलमिलापकर्ताहरुलाई क्षमता वृद्धि गर्न गाउँपालिका तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्राकृतिक श्रोत तथा द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोटका कार्यक्रम संयोजक सिताराम पौडेलले गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत मेलमिलापकर्ताहरुलाई १५ दिनको सुचना गरि सुचिकृतको लागि आह्वान गरेकोले सुचिकृत मेलमिलापकर्तालाई परिचयपत्र वितरण गरेको बताउनुभयो । स्थानिय तहमा रहेको न्यायिक समितिलाई सहयाृेग गर्ने र देबयानी प्रकृतिका बिबादहरु स्थानिय तहमानै मिलायने उदेश्यले साुमदाियक मेलमिलाप कार्यक्रम सञ्चालन भएको बताए । कार्यक्रम संयोजक सिताराम पौडेलले न्यायिक समितिको कार्य सम्पादनमा सहयोग पुराउने र समुदायमा रहेका देबयानी प्रकृतिका बिवादहरु साुमदाियक मेलमिलपकर्ताहरुले समाधान गर्न पाउने कानुनी ब्यबस्था रहेको बताउनुभयो ।

Advertisement

नुवाकोटमा रहेका १२ स्थानिय तहमध्ये यसअघि तारकेश्वर  र ककनी गाउँपालिकाले पनि यसअघि आफ्ना गाउँपालिकामा कार्यरत सामाजिक मेलमिलापकर्ताहरुलाई परिचय वितरण गरिसको प्राकृतिक द्धन्द्ध रुपान्तर केन्द्र नेपाल नुवाकोटले जनाएको छ । नुवाकोटमा रहेका ८३ ओटा मेलमिलाप केन्द्रमार्फत ८ सय मेलमिलापकर्ताले वडावडामा पुगेर द्धन्द समाधानमा महत्वपुर्ण भुमिका खेल्दै आएका छन ।

प्रतिक्रिया