पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई ७ बर्षको जेल सजाय

विदुर खबर २०७५ पुष ९ गते १२:०७

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचार निरोधी एक अदालतले अल–अजीजिया स्टील मिल्स मामलामा ७ बर्षको जेल सजाय सुनाएको छ ।

Advertisement

अदालतले आम्दानीभन्दा अधिक सम्पत्ति मामलामा उक्त निर्णय सुनाएको हो ।अदालतले उनलाई विदेशमा घोषित आयभन्दा अधिक लगानी गरेकोमा दोषी ठहर गरेको छ ।योभन्दा पहिले पूर्व पाकिस्तानी सत्तारुढ पार्टी पाकिस्तान मुस्लिम लीगले चेतावनी दिएको थियो कि, यदि उनीहरुको नेता नवाज शरिफलाई फेरी जेल पठाइयो भने उनीहरुले ठूलो मात्रामा प्रदर्शन गर्नेछन् र संसद् पनि चल्न दिने छैनन ।

नवाज शरिफको परिवारले अदालतमा भ्रष्टाचारको कयौँ मुद्दाको सामना गरिरहेको छ । जसमा मनी लन्डरिङ, कर छली र विदेशमा सम्पत्ति लुकाएको जस्ता मामला शामिल छन् ।

Advertisement

सेप्टेम्बर २०१७ देखि हालसम्म नवाज अदालतमा १६५ पटकसम्म पेश भइसकेका छन् । २८ जुलाई २०१७ मा पाकिस्तानको सर्वाेच्च अदालतले नवाज शरिफलाई प्रधानमन्त्री पदबाट अयोग्य ठहराएको थियो ।

प्रतिक्रिया