टिनएजर्स छोराछोरीलाई किन यस्तो माहौल दिनुपर्छ ?
बच्चाको दुनिया कहिले र कसरी बद्लिन्छ ? यसको अनुमान गर्न सकिदैन । बाल्यकाल र युवावस्थाबीचको एउटा चरण हुन्छ, जो निकै संवेदनसिल मानिन्छ ।
१२ बर्षदेखि १९ बर्षसम्मको उमेर चरण, जसलाई हामी टिनएज भन्छौं । यतिबेला शारीरिक र मानसिक रुपले उनीहरुमा तिब्र परिवर्तन हुन्छ । यसलाई ‘गोल्डेन एज’ पनि भनिन्छ, जो जीवनकै सर्वाधिक स्मरणिय क्षण समेट्ने मौका हो । तर, ठीक यहि चरणमा पुगेपछि किशोर/किशोरीले विभिन्न किसिमको परिवर्तनलाई आत्मसात गर्नुपर्ने हुन्छ ।
शारीरिक तथा मानसिक परिवर्तनको चरण
एकातिर पढाई, करियर, साथीभाई सबैतिर समय व्यवस्थापन गर्नुपर्ने । अर्कोतिर वहकिने मनलाई नियन्त्रण गर्नुपर्ने । साथसाथै, शारीरिक परिवर्तनलाई बुझ्दै र सिक्दै जानुपर्ने । एकसाथ उनीहरु धेरै किसिमको परिस्थिती झेलिरहेका हुन्छन् ।
हर्मोनल परिवर्तनले उनीहरुको मन-मस्तिष्कमा हलचल मच्याइरहेको हुन्छ । मुड स्विङको कारण स-सानो कुरा कुरामा उनीहरुले अप्रत्यासित व्यवहार देखाउँछन् । यसका साथै विपरित लिंगप्रति स्वभाविक आकर्षण पनि बढ्छ ।
किशोरीको हकमा उनीहरुको मासिक स्राव सुरु हुन्छ । मासिक श्रावको बेला पेट दुख्ने, दिक्क लाग्ने, झर्को लाग्ने जस्ता समस्या देखिन्छ । स्तनको आकार बढ्ने, स्वरमा परिवर्तन आउने, गोप्य अंगमा रौं आउने जस्ता परिवर्तन यहिबेला सुरु हुन्छ ।
छोराछोरीमाथि हस्तक्षेप
अभिभावकले आफ्ना छोराछोरीलाई किशोरवयमै पुगेपछि बढी नियन्त्रणमा राख्न खोज्छन् । छोराछोरीले गलत बाटो समात्लान भन्ने कुराले पनि अभिभावकहरु सर्तक रहन्छन् । त्यसैले टिनएजर्सको धेरैजसो कुरामा अभिभावकले रोकटोक गरिरहेका हुन्छन् । जबकी यसरी उनीहरुमाथि हस्तक्षेप गर्दा त्यसले उनीहरुलाई दवाव पैदा गर्छ ।
वास्तवमा अभिभावकले छोराछोरीको मनोदशा, शारीरिक अवस्था सबैलाई बुझ्नुपर्ने हुन्छ । त्यसपछि उनीहरुलाई सही ढंगले मार्गदर्शन गर्नुपर्छ ।
भन्नलाई त सजिलो छ, टिनएजर्सलाई सही मार्गदर्शन दिने कुरा । तर, टिनएजर्सलाई उचित अभिभावकत्व दिन चुनौतीपूर्ण कुरा हो ।
शुरुदेखि गरौं शुरुवात
टीनएजर्ससँग मित्रवत सम्बन्ध बनाउन तब संभव हुन्छ, जब उनीहरु सानै हुन्छन् । अर्थात टिनएज प्रवेश गर्नुअघि नै उनीहरुसँग अभिभावक हेलमेल हुन थाल्नुपर्छ । बच्चासँग हाँस्ने, खेल्ने, कुराकानी गर्ने बानी गर्नुपर्छ । यसले गर्दा उनीहरु अभिभावकसँग हेलमेल हुन्छन् र मनको कुरा खुलेर बताउन सक्छन् ।
टिनएजमा प्रवेश गरिसकेपछि बच्चाले आफुले सामाना गरिरहेको परिस्थितीबारे अभिभावकलाई बताउन अप्ठ्यारो मान्छन् । उनीहले शारीरिक परिवर्तनबारे खुलेर कुरा गर्न सक्दैनन् । विपरित लिंगप्रतिको आकर्षणबारे चर्चा गर्न सक्दैनन् । सबै कुरा मनमै लुकाउने प्रयास गर्छन्, जसले उनीहरुमा अतिरिक्त मानसिक भार परिरहेको हुन्छ ।
यस्तो अवस्थामा अभिभावकले बच्चालाई सहज वातावरण बनाइदिनुपर्छ, ताकि उनीहरु खुलेर सबै कुरा गर्न सकोस् । किशोरवयमा प्रवेश गरिरहेकै बेला उनीहरुलाई संभावित परिवर्तनबारे जानकारी गराउनुपर्छ ।
खुसी व्यक्त गरौं
धेरै तारिफ गर्दा बच्चा बिग्रन्छन् । प्यारेन्टिङको पुरानो धारणा अब गलत साबित भइसकेको छ । बच्चासँग राम्रो सम्बन्ध विस्तार गर्नका लागि यो एकदमै जरुरी छ कि, उनीहरुको सानो सानो कुरामा पनि खुसी व्यक्त गरौं ।
जब उनीहरुले कुनै राम्रो काम गर्छ तब तारिफ गर्न कन्जुस नगरौं । अहिले किशोरवयमा प्रवेश गरिसकेका बच्चा धेरै समझदार भइसकेका हुन्छन् । उनीहरुसँग पनि आफ्नो भावना साझेदार गरौं ।
यदि कुनै किशोर/किशोरीसँग आफ्ना छोराछोरी आकषिर्त भइरहेका छन् भने यसलाई लिएर धेरै चिन्तित हुन आवश्यक छैन । यस्तो सम्बन्धमा रोकटोक पनि नगरौं । सबै साथीहरुको बारेमा पूर्ण जानकारी हुन आवश्यक छ ।
बर्थ डे जस्ता अवसरमा उनीहरुका साथीलाई पनि आफ्नो घरमा आमन्त्रण गरौं । छोराछोरीको साथीमार्फत पनि अभिभावकलाई छोराछोरीसँग निकट हुने अवसर मिल्छ । बच्चाको सुरक्षाको दृष्टिले पनि उनीहरुसँग नजिक हुन आवश्यक छ ।
केही महत्वपूर्ण कुरा
– आफ्ना टिनएजर्स छोराछोरीलाई खेलकुद, म्युजिक, साहित्य जस्ता अतिरिक्त गतिबिधिमा व्यस्त राख्ने प्रयास गरौं । यसले उनीहरुमा शारीरिक, मानसिक क्षमता विकास हुन्छ । अनुशासन, संघर्ष, मिहेनत गर्न सिक्छन् । नराम्रो काममा उनीहरुको ध्यान जाँदैन ।
-यस उमेरमा पीयर प्रेसर बढी हुन्छ । अर्थात अभिभावकको दवाव बढी अनुभव गरिरहेका हुन्छन् । त्यसैले बच्चासँग मित्रवत् व्यवहार गरौं । उनीहरुको साथीसँग पनि घुलमिल हुनुपर्छ ।
-कहिले काहिँ उत्सुकताले पनि उनीहरु चुरोट, मदिरा, ड्रग्स लिन सक्छन् । त्यसैले उनीहरुको गतिविधिमा ख्याल राख्नुपर्छ । त्यस्ता कुलतले हुनसक्ने हानीको बारेमा प्रष्टसाथ बताउनुपर्छ ।
-आफ्नो शालिन व्यवहारले बच्चाको रोल मोडल बन्ने प्रयास गरौं ।
-कुनैबेला उनीहरुले गल्ती गर्न सक्छ । त्यस्तो बेला उनीहरुसँग रिसाउने, कराउने, पिट्ने नगरौं । धैर्यतापूर्वक सम्झाई बुझाई गरौं ।
-यदि छोराछोरीले कुनै गल्ती गरेमा उनीहरुलाई कुटेर अपमानित नगरौं ।
-छोराछोरीले विद्यालयमा राम्रो पठन पाठन गर्न सकेनन् भने त्यसको कारण खोजौं । यद्यपी पढाईमा अनावश्यक दवाव दिन हुँदैन ।
-प्रेमपूर्वक व्यवहारले छोराछोरीको मन जितौं ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया