एसपी कुँवरको सरुवासँगै नुवाकोटमा नदिजन्य पदार्थको तिव्र दोहन शुरु

नुवाकोटका प्रहरी उपरिक्षक बसन्तबहादुर कुबँरको काज सरुवा भएसँगै नुवाकोटमा नदिमा दोहन पुन तिव्र गतिमा शुरु भएको छ ।
नुवाकोटमा १३ महिने कार्यकाल बिताएर महानगरीय प्रहरी बिभाग रानीपोखरी काठमाण्डौँ काज सरुवा भएर कुवर सोमबार गएसँगै नुवाकोटको खोलामा पुन दोहन शुरु भएको हो । 
 जिल्लामा नदीजन्य पदार्थहरुको अबैध उत्खनन केही हदसम्म नियन्त्रणमा लिएका कुवँर राजधानी गएकै दिन नदिमा स्काभेटर प्रयोग गर्न शुरु गरिएको छ । कुवरको सरुवा भउको समाचार बाहिरने बित्तिकै नदि दोहन गर्ने समुहले पार्टी गरेको एक रातमाटेका एक स्थानियले बताए । एसपी कुवर काठमाण्डौ लागेसँगै अहिले शेराबगर,ढिकुरेमा,राममाटे र तारुका लगायतका स्थानमा पुन नदि दोहन शुरु भएको छ । 
 प्रहरी उपरिक्षक बसन्त कुँबरको सरुवा भएसँगै जिल्ला प्रहरी कार्यालय नुवाकोटको नेतृत्व सम्हाल्न सम्पत्ति शुद्दिकरण बिभागका कृष्ण पल्लीमगर बिहिबार नुवाकोट आएको बुझिएको छ । जिल्लाको विभिन्न स्थानमा नदिजन्य पदार्थको उत्खनन भएरहँदा समेत नुवाकोट प्रहरी मौन देखिएको छ । यसअघि नुवाकोटमा एसपी बनेर आएका कुवरले कानुन विपरित नदीजन्य पदार्थको उत्खनन गरेका खानीहरु बन्द गरेर सबैको मन जितेका थिए । उनी काठमाण्डौ गएसँगै वालुवा तस्करी गर्न पल्केकाहरुले भने खुशीयाली मनाएका थिए । नुवाकोट जिल्लामा नियमविपरित संचालन भएका वालुवा खानी बन्द भएसँगै त्रिशुली खोला करिव २० वर्षपछि सग्लो बगेको थियो । 
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 













बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया