एसपी कुँवरको सरुवासँगै नुवाकोटमा नदिजन्य पदार्थको तिव्र दोहन शुरु

नुवाकोटका प्रहरी उपरिक्षक बसन्तबहादुर कुबँरको काज सरुवा भएसँगै नुवाकोटमा नदिमा दोहन पुन तिव्र गतिमा शुरु भएको छ ।
नुवाकोटमा १३ महिने कार्यकाल बिताएर महानगरीय प्रहरी बिभाग रानीपोखरी काठमाण्डौँ काज सरुवा भएर कुवर सोमबार गएसँगै नुवाकोटको खोलामा पुन दोहन शुरु भएको हो ।
जिल्लामा नदीजन्य पदार्थहरुको अबैध उत्खनन केही हदसम्म नियन्त्रणमा लिएका कुवँर राजधानी गएकै दिन नदिमा स्काभेटर प्रयोग गर्न शुरु गरिएको छ । कुवरको सरुवा भउको समाचार बाहिरने बित्तिकै नदि दोहन गर्ने समुहले पार्टी गरेको एक रातमाटेका एक स्थानियले बताए । एसपी कुवर काठमाण्डौ लागेसँगै अहिले शेराबगर,ढिकुरेमा,राममाटे र तारुका लगायतका स्थानमा पुन नदि दोहन शुरु भएको छ ।
प्रहरी उपरिक्षक बसन्त कुँबरको सरुवा भएसँगै जिल्ला प्रहरी कार्यालय नुवाकोटको नेतृत्व सम्हाल्न सम्पत्ति शुद्दिकरण बिभागका कृष्ण पल्लीमगर बिहिबार नुवाकोट आएको बुझिएको छ । जिल्लाको विभिन्न स्थानमा नदिजन्य पदार्थको उत्खनन भएरहँदा समेत नुवाकोट प्रहरी मौन देखिएको छ । यसअघि नुवाकोटमा एसपी बनेर आएका कुवरले कानुन विपरित नदीजन्य पदार्थको उत्खनन गरेका खानीहरु बन्द गरेर सबैको मन जितेका थिए । उनी काठमाण्डौ गएसँगै वालुवा तस्करी गर्न पल्केकाहरुले भने खुशीयाली मनाएका थिए । नुवाकोट जिल्लामा नियमविपरित संचालन भएका वालुवा खानी बन्द भएसँगै त्रिशुली खोला करिव २० वर्षपछि सग्लो बगेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया