अमेरिकाले अफगानिस्तानबाट आधा सैनिक फर्काउने

विदुर खबर २०७५ पुष ६ गते ११:१०

ट्रम्प प्रशासनले अफगानिस्तानबाट आधा अमेरिकी सैनिक फिर्ता बोलाउने तयारी गरिरहेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकाले अफगानिस्तानबाट ७,००० अमेरिकी सैनिक फिर्ता बोलाउने तयरी गरेको छ ।

Advertisement

हाल अफगानिस्तानमा १४,००० अमेरिकी सैनिक तैनाथ छन् । त्यसमध्ये आधा सैनिक फिर्ता बोलाउने अमेरिकाको तयारी रहेको ती सञ्चारमाध्यमले जनाएका छन् ।

हाल अफगानिस्तानमा तैनाथ सैनिकले अफगानी फौजलाई ट्रेनिङ दिने देखि आइएसआइएस तथा अल कायदा जस्ता ‘आतंकवादी’ संगठनविरुद्ध अभियान चलाइरहेका छन् ।

Advertisement

न्युयोर्क टाइम्सका अनुसार अमेरिकी रक्षा अधिकारीले यसको जानकारी दिएका हुन् । न्युयोर्क टाइम्सका अनुसार एक अमेरिकी रक्षा अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने निर्णय गर्दा नै अफगानिस्तानबाट पनि सैनिक फिर्ता बोलाउने निर्णय गरेका थिए ।

कतिपयले अफगानिस्तानबाट झण्डै आधा सैनिक फिर्ता बोलाउने निर्णयलाई त्यस्तो महत्वपूर्ण निर्णय मानेका छन् जसले विगत १७ वर्षदेखि अफगानिस्तानमा चलिरहेको युद्ध समाप्त गर्न सक्छ । तर, अमेरिकी रक्षा अधिकारीले भने अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउनुको उद्देश्य उ आफ्नै सैनिकमा बढी निर्भर हुन सकोस र पश्चिमा सहयोगप्रति उसको निर्भरता घटोस् भन्ने रहेको बताएका छन् ।

Advertisement

अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउने अमेरिकाको निर्णयसँगै आइएसआइएस, अलकायदा तथा तालिबान जस्ता ‘आतंकवादी’ संगठनसँग लड्न अफगान सैनिक कत्तिको सक्षम छन् ? भन्ने कोणबाट पनि विश्लेषण भएको छ । जबकी सन् २०१४ मा अमेरिकी फौजले प्रत्यक्ष रुपमा सैन्य अभियानमा भाग लिन बन्द गरिदिएका थिए । त्यसयता २५,००० अफगानी सैनिकले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया