स्वास्थ्य सेवा दिवसमा चार स्वास्थ्यकर्मी पुरस्कृत
१५ फागुन, काठमाडौं । छैठौं स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले चार जना स्वास्थ्यकर्मीलाई पुरस्कृत गरेको छ ।
पुरस्कृत हुनेमा शान्तीनगर स्वास्थ्य चौकीका सिनियर अहेब दीपक सापकोटा, धनुषास्थित यदुकुवा आयुर्वेद औषधालयका कविराज रामछविला यादव, वीर अस्पतालकी स्टाफ नर्स उजेली पछाई तथा सिन्धुली अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ तथा सिनियर कन्सल्टेण्ट डा. सुमित्रा गौतम रहेका छन् ।
छैठौं स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले यी चारजना स्वास्थ्यकर्मीहरुलाई ‘स्वास्थ्य सेवा पुरस्कार’ बाट पुरस्कृत गरेका हुन् ।
आर्थिक वर्ष ०७३/७४ मा गरिएको कार्यसम्पादनका आधारमा स्वास्थ्य मन्त्रालयले उनीहरुलाई पुरस्कृत गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले यस वर्ष ‘राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार, गुणस्तरीय र जनतामुखी स्वास्थ्य सेवा, समृद्धि एवं दिगो विकासको आधार’ भन्ने नाराका साथ यस वर्ष स्वास्थ्य सेवा दिवस मनाएको छ ।
दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले मंगलबार विहान स्वास्थ्य सेवा विभागको प्राङ्गणमा योग अभ्यासको कार्यक्रम आयोजना गर्नुका साथै स्वास्थ्य सेवा विभागदेखि स्वास्थ्य मन्त्रालयसम्म प्रभातफेरी गरेको थियो ।
कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले गुणस्तरीय स्वास्थ्य सेवा दिने संस्था आफै सक्षम नभए गुणस्तरीय सेवा दिन नसक्ने हुँदा स्वास्थ्य क्षेत्रको विकासको लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए ।
स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले संघीय संरचनामा स्वास्थ्यको मुद्धा प्रमुख भएको जनाउँदै स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले सक्दो पहल गर्ने बताएकी छिन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया