मुअब्जाको माग गर्दे सङ्घर्ष समिति भौतिक मन्त्रालय र प्रधानमन्त्रि कार्यलय जाँदै

विदुर÷गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत पिपलटारदेखि ढुङ्गेसम्मका स्थानिय प्रभावितले आयोजनाको सम्पुर्ण काजगपत्र आफुहरुलाई दिन माग गरेका छन ।
मुआब्जा सङ्घर्ष समितिले मंसिर १ गते आयोजनाका प्रमुख सुवोधकुमार देवकोटालाई भेटि आयोजनाको सम्पुर्ण कागजपत्र माग गरेको मुअब्जा संघर्ष समितिका उपसंयोजक गीता अमात्यले बताइन । संघर्ष समितिका उपसंयोजक गीता अमात्यका अनुसार आयोजनाले मंगलबार साँझ ५ बजेसम्म कागजात उपलब्ध गराउने बताउँदा समेत अझै उपलब्ध भएको छैन ।
सङ्घर्ष समितिले सो कागजपत्र भौतिक मन्त्रालय र प्रधानमन्त्रि कार्यलयमा लगेर छलफल गर्ने तयारी गरिएको बुझिएको छ । आयोजनाले आफुहरुलाई उठीबास बनाउँने भन्दै पिडितहरुले मुब्जा दिनुको कुनैपनि विकल्प नभएको बताएका छन । संघर्ष समितिका संयोजक लिलानाथ न्यौपानेले आफुहरुले मुअब्जाको लागि अहिले शाान्तिपुर्ण विरोध कार्यक्रम गरिरहेको बताए । उनले शान्तिपुर्ण विरोधका कार्यक्रम गर्दा पनि शुनुवाई नुवाकोट नै ठप्प पारिदिने यसअघि नै चेतावनि समेत दिइसकेका छन । तर आयोजनाले भने विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने बताए ।
यसैबिच सडक आयोजनाले प्रभावित स्थानिबासीहरुलाई मुअब्जा दिन नसकिने बताइँरहदा मुआब्जा सङ्घर्ष समिति,सम्बाद समूह नुवाकोट र बिदुर नगरपालिकाको संयुत्त टिमले जिल्लाबाट संघिय संसदमा र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुबिच छलफल गर्ने,भौतिक योजना मन्त्रालय र प्रधानमन्त्रि कार्यलयमा छलफलको लागि जाने तयारी भइरहेको संवाद समुह नुवाकोटका सन्तोष खनालले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया