कांग्रेस महासमिति बैठकः विधान विवादले बैठक अनिश्चित, पौडेलले अघि सारे यस्तो प्रस्ताव

 
काठमाडौं,संघीय संरचना अनुसारको विधान कार्यान्वयनमा ल्याउन काँग्रेसलाई सकस परेको छ । पार्टीको विधान मस्यौदा समितिले तयार पारेको विधान मस्यौदामा सहमति जुट्न नसकेपछि विधानबारे छलफल गर्न बोलाइएको महासमिति बैठक अनिश्चित बनेको छ ।
विधान अनुमोदनका लागि काँग्रेसले मंसिर २९ गतेदेखि पुस ३ गतेसम्मका लागि काठमाडौंमा महासमिति बैठक बोलाएको थियो । तर, महासमिति सुरु भएको ६ दिन बित्न लाग्दा पनि अझै सहमति जुट्न सकेको छैन । विधानमा केन्द्रीय समितिमै सहमति नजुट्दा महासमिति सदस्यहरुले छलफल समेत गर्न पाएका छैनन् ।
काठमाडौंको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा सुरु भएको महासमिति बैठक निर्धारित समयमा नसकिएपछि आजदेखि (पुस ५ गते) स्थान परिवर्तन गर्दै यलम्बर पार्टी प्यालेसमा बसिरहेको महासमिति बैठक पार्टी कार्यालय सानेपामा सारिएको छ ।
काँग्रेसका शीर्ष नेताबीच मंगलबार राति सभापति १, उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जना तथा कोषाध्यक्ष १ जना गरी ८ जना केन्द्रीय पदाधिकारी राख्ने सहमति भएको थियो । कोषाध्यक्ष बाहेक अरु सबै निर्वाचित हुनेगरी शीर्ष नेताहरुबीच भएको सहमति बुधबार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले अस्वीकार गरेका थिए ।
रामचन्द्रको प्रस्तावः आगामी वर्षको फागुन ७ गते महाधिवेशन
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका प्रस्ताव गरेका छन् ।
केन्द्रीय समितिको बुधवार बसेको बैठकमा पौडेलले जनजागरणका कार्यक्रमसाथै महाधिवेशनको मिति तोकेर अगाडि बढ्न प्रस्ताव गरेका हुन् ।
पौडेलले २०७५ पुष १६ देखि २०७६ आषाढ मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षण सहित “सदस्यता वितरण अभियान” चलाउन प्रस्ताव गरेका छन् ।
२०७६ आश्विन मसान्तसम्म “क्रियाशील सदस्यता वितरण र नविकरण” सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने पौडेलको प्रस्तावमा उल्लेख छ । २०७६ मंसिर मसान्तसम्म टोल, मतदान केन्द्र, वडारगाउँपालिका, नगर र उपमहानगररमहानगरपालिका अधिवेशन सम्पन्न गर्न पौडेलले प्रताव गरेका छन् ।
नेता पौडेलले केन्द्रीय समितिमा राखेको प्रस्तावमा २०७६ पौष मसान्तसम्मप्रदेश निर्वाचन क्षेत्र÷प्रतिनिधि सभा निर्वाचन क्षेत्ररजिल्ला अधिवेशन सम्पन्न गर्ने उल्लेख छ ।
२०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गर्ने र २०७६ फागुन ७ केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने वरिष्ठ नेता पौडेलको प्रस्तावमा उल्लेख छ ।
महाधिवेशन सम्पन्न गरेलगत्तै २०७६ चैत्र बाट २०७७ असोज मसान्तसम्म नव निर्वाचित सबै तहका समितिहरुको वैचारिक तथा संगठनात्मक प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने र देशव्यापी प्रशिक्षण कार्यक्रम चलाउने प्रस्ताव पौडेलले राखेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












 युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश





प्रतिक्रिया