सातलते दरबारको पुनर्निर्माण चैतबाट,दरबारको असितत्व मेटिने खतरा

नुवाकोट,नुवाकोटको ऐतिहासिक साततले दरबार निर्माण आगामी चैतबाट शुरु हुने रााष्ट्रिय पुननिर्माण प्राधिकरणका सिईयो शुशील ज्ञवालीले बताउनुभएको छ ।
नुवाकोटको ऐतिहासिक साततले दरबारको आइतबार अवलोकन गर्दै सिईयो ज्ञवालीले चीन सरकारसँग दरबार पुननिर्माणको लागि सम्झौता भइसकेको भन्दै तरबार चैतबाट पुननिर्माण हुने बताएका हुन । २०७२ सालको भूकम्पले क्षति र्पुयाएको नुवाकोटको सात तले दरबार पुरातत्व विभागअन्तर्गत रहने गरी चिनियाँ टोलीले चैतबाट पुनर्निर्माण गर्ने ज्ञवालीले बताए । भुकम्प गएको करिव साढे तीनवर्ष बित्दा समेत दरबार निर्माणका लागि सरकार उदासिन भएको स्थानियबासीले बताइरहँदा सिईयो ज्ञवालीले दरबार पुननिर्माण अब छिट्टै शुरु हुने बताउनुभयो । सिईयो ज्ञवालीले चीन सरकारको नयाँवर्ष शुरु भएकोले दरबार पुननिर्माणमा ढिलाई भएको बताउनुभयो ।
त्यस्तै दरबार पुननिर्माणमा ढिला भएको भन्दै विदुर नगरपालिका वडा नं २ का वडाअध्यक्ष विरेन्द्र शाहीले दुखेसो पोखे । उनले दरबार पुन निर्माणको लागि लामो समय गुज्र्रेको भन्दै देशर्कै पहिचानको रुपमा रहेको दरबारलाई छिट्टै पुननिर्माण गरिदिन पहल गर्नुपर्ने बताए । दरबारको समयमो निर्माण हुन नुवाकोट दरबारको इतिहास मेटिने अवस्था आएको वडाअध्यक्ष शाहीले बताए । चीन सरकारले दरबार पुनर्निर्माणको लागि आन्तरिक तयारी शुरु गरिसकेको र ठेकेदार छनौट प्रक्रियामा रहेको जनाइएको छ । पहिलो चरणमा सात तले दरबार र त्यसपछि तलेजु भवानीको मन्दिर, रङ्गमहल, लामपाटी र सेतो पाटी निर्माण गर्ने गरी सम्झौता भईसकेको प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । विदुर नगरपालिका २ मा रहेको यो दरबारको पश्चिमको पाँचौं तल्लाको छाना भत्केर दिनहुँ झिँगटी, इँटा, कलात्मक काठ खसिरहेका छन तिनको संरक्षण गर्न र चोरी हुन नदिन सो दरबार परिषरमा रहेको श्रीनाथ गणका नेपाली सेना लागिपरेका छन । दरबार समयमा नै पुन निर्माण हुन नसक्दा गारो चिरा पर्न थालेको छ भने तलबाट टेको दिएर बासले अड्याइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया