सातलते दरबारको पुनर्निर्माण चैतबाट,दरबारको असितत्व मेटिने खतरा

विदुर खबर २०७५ पुष १ गते १३:३५


नुवाकोट,नुवाकोटको ऐतिहासिक साततले दरबार निर्माण आगामी चैतबाट शुरु हुने रााष्ट्रिय पुननिर्माण प्राधिकरणका सिईयो शुशील ज्ञवालीले बताउनुभएको छ ।
नुवाकोटको ऐतिहासिक साततले दरबारको आइतबार अवलोकन गर्दै सिईयो ज्ञवालीले चीन सरकारसँग दरबार पुननिर्माणको लागि सम्झौता भइसकेको भन्दै तरबार चैतबाट पुननिर्माण हुने बताएका हुन । २०७२ सालको भूकम्पले क्षति र्पुयाएको नुवाकोटको सात तले दरबार पुरातत्व विभागअन्तर्गत रहने गरी चिनियाँ टोलीले चैतबाट पुनर्निर्माण गर्ने ज्ञवालीले बताए । भुकम्प गएको करिव साढे तीनवर्ष बित्दा समेत दरबार निर्माणका लागि सरकार उदासिन भएको स्थानियबासीले बताइरहँदा सिईयो ज्ञवालीले दरबार पुननिर्माण अब छिट्टै शुरु हुने बताउनुभयो । सिईयो ज्ञवालीले चीन सरकारको नयाँवर्ष शुरु भएकोले दरबार पुननिर्माणमा ढिलाई भएको बताउनुभयो ।
त्यस्तै दरबार पुननिर्माणमा ढिला भएको भन्दै विदुर नगरपालिका वडा नं २ का वडाअध्यक्ष विरेन्द्र शाहीले दुखेसो पोखे । उनले दरबार पुन निर्माणको लागि लामो समय गुज्र्रेको भन्दै देशर्कै पहिचानको रुपमा रहेको दरबारलाई छिट्टै पुननिर्माण गरिदिन पहल गर्नुपर्ने बताए । दरबारको समयमो निर्माण हुन नुवाकोट दरबारको इतिहास मेटिने अवस्था आएको वडाअध्यक्ष शाहीले बताए । चीन सरकारले दरबार पुनर्निर्माणको लागि आन्तरिक तयारी शुरु गरिसकेको र ठेकेदार छनौट प्रक्रियामा रहेको जनाइएको छ । पहिलो चरणमा सात तले दरबार र त्यसपछि तलेजु भवानीको मन्दिर, रङ्गमहल, लामपाटी र सेतो पाटी निर्माण गर्ने गरी सम्झौता भईसकेको प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । विदुर नगरपालिका २ मा रहेको यो दरबारको पश्चिमको पाँचौं तल्लाको छाना भत्केर दिनहुँ झिँगटी, इँटा, कलात्मक काठ खसिरहेका छन तिनको संरक्षण गर्न र चोरी हुन नदिन सो दरबार परिषरमा रहेको श्रीनाथ गणका नेपाली सेना लागिपरेका छन । दरबार समयमा नै पुन निर्माण हुन नसक्दा गारो चिरा पर्न थालेको छ भने तलबाट टेको दिएर बासले अड्याइएको छ ।

Advertisement

प्रतिक्रिया