नुवाकाेट दुर्घटना अपडेट: १७ काे शव भेटियो, भीरमा शव खोज्दै प्रहरी

नुवाकाेट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ को घ्याङफेदीमा आज साँझ बा३ ख ३९१३ नम्बरकाे मिनिट्रक दुर्घटनामा मृत्यु भएका १७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले घटनास्थलमा १७ जनाको शव संकलन गरिएको र अन्यको खोजी भैरहेको जानकारी दिए ।
गाडी व्याक गर्नेक्रममा भीरबाट झण्डै एक हजारमिटर तल खसेको दुप्चेश्वर गाउँपालिकाको तामाङ युवा संघका संयोजक लालबाबु तामाङले बताएका छन । उनले दुर्घटनामा ३० जना भन्दा बढीको मृत्यु भएको यसअघि नै बताएका थिए । अफ्ठेरो भीरमा दुर्घटना भएको र भीरमा शव छरपस्ट भएकाले शव संकलनमा समस्या भएको प्रहरीले जनाएको छ ।
दुप्चेश्वर गाउँपालिकाको वडा नं ७ शिखरवेशीमा तामाङ समुदायको घ्यावा खान आएका स्थानियहरु घ्यावा खाएर फर्कदा गाउँपालिकाको सावकको वडा नं ४ को घ्याङडाँडाँबाट खसेको थियो । गाडीमा ४१ जना यात्रु सवार रहेकोमा अन्यको पहिचान खुल्न सकेको छैन् । स्थानीयले रातको समयमा भीरमा शव छरिएकाले भेटाउन मुस्किल भएको बताएका छन । दुर्घटनामा एक जनाले भने हामफालेर ज्यान बचाएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया