बेलकोटगढीमा बृद्धामाथि बलात्कार,हत्याको समेत प्रयास

रातमाटे।महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै दिन नुवाकोटको बेलकोटगढी नगरपालिकामा मंगलबार राती १० बजे एक बृद्धालाई आफ्नै छिमेकीले बलात्कार गरी हत्याको प्रयास गरेका छन ।
विदुर नगरपालिका वडा नं ३ घर भएकी बृद्धा माक्ष्तबाट घर र्फकने क्रममा बलात्कृत भएकी हुन । उनलाई छिमेकी ५० वर्षीय रामशरण नेपालीले जबर्जस्ती करणीपछि ज्यान मार्ने प्रयास गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा बुधबार उजुरी दर्ता भएको छ । प्रहरीका अनुसार नेपालीले बलात्कार गरेपछि घटना सार्वजनिक हुने डरले वृद्धाको हत्या प्रयास गरेका थिए र तर वृद्धाले प्रतिकारको लागि हारगुहार गरेपछि उनको हत्या हुन नपाएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । घटना लगतै अभियुक्त नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिहेको र जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ताको तयारी गरिएको प्रहरीले जनाएको छ । बलात्कारपछि घाइते भएकी उनको काठमाडौँको वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया