नेकपाको प्रदेश कमिटी सार्वजनिक [सूचीसहित]

विदुर खबर २०७५ मंसिर १७ गते १३:३६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीको नाम सार्वजनिक भएको छ।

१२ मंसिरमा बसेको नेकपाको सत्रौं सचिवालय बैठकले नाम टुंग्याएको भए पनि सार्वजनिक गरिएको थिएन।

सो दिन बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा कमिटीमा रहने सदस्यको नाम भोलिपल्ट सार्वजनिक गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए पनि सार्वजनिक हुन सकेको थिएन।

सातवटै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव भने असोज ५ गते नै तोकिए पनि पूर्ण कमिटीको विषयमा भने निर्णय भएको थिएन।

सातवटै प्रदेशमा पूर्व एमाले र माओवादीबीच कमिटी सदस्य संख्या भागबण्डा गरिएको छ।

सूची हेर्नुहोस्ः

https://drive.google.com/file/d/1Df2_O7JLimnmk9Mn9xENsKum6BP4sjUN/view

Advertisement

 

प्रतिक्रिया