प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालद्धारा गलत काम गर्नेलाई नछोड्ने चेतावनी

विदुर खबर २०७५ मंसिर १६ गते ११:४६

नुवाकोट,नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले गतल काम गर्ने जो कोहीलाई पनि नछोड्ने बताएका छन । जिल्ला प्रहरी कार्यलय नुवाकोट र जिल्ला ट्राफिक कार्यलय नुवाकोटको नव निर्मित भवन उद्घाटन कार्यक्रममा बोलदै उनले सो कुरा बताएका हुन ।

Advertisement

प्रहरी महानिरिक्षक खनालले नेपाल प्रहरीको संगठनमा बसेर अहम र संवेदनशील जीम्मेवारी निर्वाह गर्ने प्रहरी कर्मचारीले आपराधिक मानसिकता बोकेकाहरुसँग संगत गर्न नहुने बताए । खनालले प्रहरीले कुर्नैपनि लापरवाही गरेमा छुट नहुने बताए । उनले नदिजन्य पदार्थमा गुण्डाहरुकबो राज भएको भन्दै अब त्यस्तो नचल्ने र कसैको संरक्षण भएपनि नछोड्ने बताए । निर्मला हत्याको विषयलाई इंगित गर्दै खनालले एकाध घटनाबाहेक नेपाल प्रहरीले ९७.५ प्रतिशत यौनजन्य हिंसाका अपराधीलाई कारवाहीको दायराामा ल्याएको बताए ।

नुवाकोटको विदुरमा एक करोड ३३ लाख ८ हजार ६ सय रुपैयाँको लागतमा १० कोठे भवन निर्माण गरिएको प्रहरी पोष्ट बनाएको छ । त्यस्तै एक करोड २८ लाख ५२ हजार ४ सय ४५ रुपैयाँको लागतमा जिल्ला ट्राफिक कार्यलयको भवन निर्माण गरिएको छ भने एक करोड एक लाख १५ हजार ८ सय ३२ रुपैयाँको लागतमा जुनियर प्रहरी अधिकृत ब्यारेक तथा सिनियर प्रहरी अधिकृत निवास बनाईको प्रदेश नं ३ का प्रहरी नायब माहानिरीक्षक दिपक कुमार थापाले बताए । भुकम्पले ध्वस्त भएका नुवाकोटका प्रहरीचौकी तथा अस्थाईए प्रहरी चौकी अहिले धमाधम निर्माण भइरहेका छन । भवन निर्माण भएसँगै नुवाकोट प्रहरीले दिने सेवा अझै प्रभावकारी हुने सरोकारवाला निकायहरुले विश्वास व्यत्त गरेका छन ।

Advertisement

प्रतिक्रिया