प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालद्धारा गलत काम गर्नेलाई नछोड्ने चेतावनी
नुवाकोट,नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले गतल काम गर्ने जो कोहीलाई पनि नछोड्ने बताएका छन । जिल्ला प्रहरी कार्यलय नुवाकोट र जिल्ला ट्राफिक कार्यलय नुवाकोटको नव निर्मित भवन उद्घाटन कार्यक्रममा बोलदै उनले सो कुरा बताएका हुन ।
प्रहरी महानिरिक्षक खनालले नेपाल प्रहरीको संगठनमा बसेर अहम र संवेदनशील जीम्मेवारी निर्वाह गर्ने प्रहरी कर्मचारीले आपराधिक मानसिकता बोकेकाहरुसँग संगत गर्न नहुने बताए । खनालले प्रहरीले कुर्नैपनि लापरवाही गरेमा छुट नहुने बताए । उनले नदिजन्य पदार्थमा गुण्डाहरुकबो राज भएको भन्दै अब त्यस्तो नचल्ने र कसैको संरक्षण भएपनि नछोड्ने बताए । निर्मला हत्याको विषयलाई इंगित गर्दै खनालले एकाध घटनाबाहेक नेपाल प्रहरीले ९७.५ प्रतिशत यौनजन्य हिंसाका अपराधीलाई कारवाहीको दायराामा ल्याएको बताए ।
नुवाकोटको विदुरमा एक करोड ३३ लाख ८ हजार ६ सय रुपैयाँको लागतमा १० कोठे भवन निर्माण गरिएको प्रहरी पोष्ट बनाएको छ । त्यस्तै एक करोड २८ लाख ५२ हजार ४ सय ४५ रुपैयाँको लागतमा जिल्ला ट्राफिक कार्यलयको भवन निर्माण गरिएको छ भने एक करोड एक लाख १५ हजार ८ सय ३२ रुपैयाँको लागतमा जुनियर प्रहरी अधिकृत ब्यारेक तथा सिनियर प्रहरी अधिकृत निवास बनाईको प्रदेश नं ३ का प्रहरी नायब माहानिरीक्षक दिपक कुमार थापाले बताए । भुकम्पले ध्वस्त भएका नुवाकोटका प्रहरीचौकी तथा अस्थाईए प्रहरी चौकी अहिले धमाधम निर्माण भइरहेका छन । भवन निर्माण भएसँगै नुवाकोट प्रहरीले दिने सेवा अझै प्रभावकारी हुने सरोकारवाला निकायहरुले विश्वास व्यत्त गरेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया