मुअब्जा नदिए नुवाकोट बन्द गर्ने मुअब्जा संघर्ष समितिको चेतावनी,आयोजना भन्छ दिन सकिँदैन

विदुर खबर २०७५ मंसिर १४ गते १२:२५

नुवाकोट÷राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितलाई मुअब्जा नदिए नुवाकोट बन्द गर्ने चेतावनी मुअब्जा संघर्ष समितिले दिएको छ ।

Advertisement

नुवाकोटको सदरमुकाम विदुरमा संवाद समुह नुवाकोटले आयोजना गरेको मुअब्जा विवाद सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा मुअब्जा संघर्ष समितिका संयोजक लिलानाथ न्यौपानेले आयोजनाले पिपलटारदेखि ढुङ्ेगेसम्मका प्रभावितलाई सौतेनी व्यवहार गरिएको भन्दै प्रभावितहरुलाई मुअब्जा नदिई सडक विस्तार गरेमा नुवाकोट बन्द गर्ने चेतावनी दिएका हुन । संघर्ष समितिका संयोजक न्यौपानेले आफुहरु विकास विरोधी नभएको भन्दै रााष्ट्रिय आयोजनाको नाममा जनताको उठीबास आफुहरुले सहन नसक्ने बताए ।

त्यस्तै आयोजना राष्ट्रको गौरव रुपमा रहेको र आयोजनाले जिल्लाको भविष्य निर्धारण गर्ने भएपनि मुअब्जा वितरण नगरिए आफुहरुको उठीवास हुने पनि स्थानिय संजीव श्रेष्ठले बताए । उनले आयोजना विदुर नगरपालिकाको केन्द्रविन्दुमा भएकोले केही व्यत्तिले सडक सार्ने आत्ांक सिर्जना गरेको बताए । त्यस्तै अर्का प्रभावित वासु सापकोटाले जिल्लाका सांसदहरुले मुअब्जाको विषयमा औपचारिक रुपमा धारणा सार्वजिनक गर्नुपर्नै बताए । उनले समयमै काम गर्न स्थानियबासीले अवरोध सिर्जना गरेको भन्खै आयोजनाले निर्माण अवधि लामो बनाउन चाहेको बताए ।

Advertisement

त्यस्तै जिल्ला समन्वय समतिकिा प्रमुख सन्तामान तामाङले आयोजनाले बारम्बार जनता झुक्काएको बताए । उनले आयोजनाले पहिले ३० मिटरको मुअब्जा दिने त्यसपछि १५ मिटर र ११ मिटर दिने भन्दै अहिले केही निदिने भन्दै आयोजनाले जनता झुकाउने काम गरेको बताए । उनले जिल्ला समन्वय समिति जनताले मुअब्जा पाउनुपर्छ भन्ने पक्षमा रहेको बताए । उनले आयोजनाले अहिले आएर जनता मार्ने क ागर्न लागेको बताए । त्यस्तै नुवाकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सांसद नारायण खतिवडाले आफुले आयोजनाका पदाधिकारीसँग मुअब्जाको लागि औपचारिक छलफल नगरेको बताए । सांसद खतिवडाले भौतिक योजना मन्त्रालयमा मुअब्जाको विषयमा जानकारी लिन निवेदन दिएको बताए । उनले वालाजुदेखि ढुङ्गेसम्म सहायक राजमार्ग घोषणा भएको भन्दै अहिले गल्छी त्रिशुली सडकमा परेकोले त्यसमा गाभ्न पहल गरेको बताए । सांसद खतिवडाले विधि र प्रत्रिया अनुसार सबै चल्नुपर्ने भन्दै कानुन र संविधान विरुद्ध कोही पनि जान नसक्ने बताए । कार्यक्रममा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजनाका प्रमुख सुवोध देवकोटालाई बोलाए पनि आयोजनाका कोहीपनि उपस्थित भएका थिएनन ।

आयोजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने बताएपछिपिपलटारदेखि ढुङ्गेसम्मका स्थानियहरु आक्रोशित भएका छन । आयोजनले विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने बताएको छ योसँग नुवाकोटको विदुर नगरपालिका क्षेत्रका स्थानियबासीहरु आयोजना र आयोजनाका प्रमुख देवकोटासँग रुष्ट भएका छन । तर आयोजनाले यसमा आफुहरु केही गर्न नसक्ने बताइरहँदा जिल्लाबाट निर्वाचित भएका संसादहरु भने मौन देखिएका छन ।

Advertisement

प्रतिक्रिया