बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो
बागमती प्रदेशमा करिब एक वर्षदेखि रिक्त सभामुखसहित ७ वटा मन्त्रालयको भागबण्डा टुंगिएको छ ।

बुधबार नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाबीच नयाँ सरकार गठनका लागि ६३ जना बहुमत सांसदको समर्थनसहित दाबी पेस भएसँगै मन्त्रालयको भागबण्डा पनि टुंगो लगाइएको एमाले सांसद आनन्दकुमार श्रेष्ठले जानकारी दिए ।
भागबण्डाको सहमतिअनुसार नै बागमतीको सातौं मुख्यमन्त्रीको रूपमा भक्तपुरका किरण थापामगरले दाबी पेस गरेका छन् । यहाँ मुख्यमन्त्रीबाहेक ७ वटा मन्त्रालय कायम छन् ।
श्रेष्ठका अनुसार एमालेले मुख्यमन्त्रीसहित २ वटा मन्त्रालय, नेकपाले सभामुख र २ वटा मन्त्रालय तथा राप्रपाले ३ वटा मन्त्रालय लिने सहमति भएको छ ।
सत्ता साझेदार तीन दलीय सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय लिने भएको छ ।
नेकपाले आर्थिक मामिला तथा योजना र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउने सहमति जुटेको छ ।
यस्तै, राप्रपाले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय पाउने सहमति भएको सांसद श्रेष्ठले जानकारी दिए ।
सहमतिअनुसार नेकपाले अब सभामुख पाउने भएको छ ।
राप्रपालाई सभामुखसहित २ वटा मन्त्रालय लिन प्रस्ताव गरिएपनि अन्तिममा ३ वटा मन्त्रालयमा सहमति जुटेको बताइएको छ ।

यसअघि राप्रपाबाट सभामुख बनेका भुवनकुमार पाठकले गत भदौको जेनजी आन्दोलनपछि सभामुख पदबाट राजीनामा दिएका थिए । त्यसयता सभामुख पद रिक्त छ ।
हाल उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभा सञ्चालन गर्दै आएकी छन् । उपसभामुखमा भने चापागाईंले नै निरन्तरता पाउने सहमति भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो
गोसाइँकुण्ड मेला आउने तीर्थयात्रीका लागि खाना शुल्क निर्धारण
तरुण दल नुवाकोटको अध्यक्षमा दिलबहादुर तामाङ
त्रिशुली ढल विस्तारका लागि ७ दिनभित्र अस्थायी संरचना हटाउन विदुर–४ को ताकेता
टोखा-छहरे सडकखण्ड राति बन्द हुने





प्रतिक्रिया