त्रिशुली ढल विस्तारका लागि ७ दिनभित्र अस्थायी संरचना हटाउन विदुर–४ को ताकेता

विदुर खबर २०८३ भदौ २ गते २१:२८
विदुर नगरपालिका वडा नं ४ को कार्यालय । फोटो : शालिकराम चालिसे ।

नुवाकोट । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरद्वारा सञ्चालित त्रिशुली ढल आयोजना अन्तर्गत ढलको पाइपलाइन विस्तार कार्य अघि बढाउन विदुर नगरपालिका वडा नं. ४ कार्यालयले स्थानीय बासिन्दासँग सहजीकरणको अपिल गरेको छ।

Advertisement

वडा कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै मैधली ब्यारेकको खोल्चीदेखि बागवानि फार्मको प्रवेश सडकसम्म ढलको पाइप लाइन तत्काल विस्तार गर्न लागिएकाले उक्त क्षेत्रका अस्थायी संरचना हटाउन आग्रह गरेको हो।

सडकको मापदण्डभित्र परेका अस्थायी संरचना तथा व्यक्तिगत सरसामानहरू सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफैं हटाई ढल विस्तार कार्यमा सहयोग पुर्‍याउन स्थानीय बासिन्दाहरूलाई अनुरोध गरिएको छ।

Advertisement

तोकिएको समयभित्र पूर्वाधार तथा सामान हटाई आयोजनाको कामलाई सहज बनाइदिन कार्यवाहक वडाध्यक्ष छविलाल ओझाले आग्रह गरेका छन् ।

यस्ताे छ वडा कार्यालयकाे सुचना ।

Advertisement

प्रतिक्रिया