अन्तरिम विधान र भातृ संगठन एकीकरणको मस्यौदा गर्न उपसमिति गठन
१५ फागुन,काठमाडौं । एमाले र माओवादीको पार्टी एकीकरणपछि बन्ने नेपाल कम्यूनिष्ट पार्टीको अन्तरिम विधान र संगठनात्मक एकता सम्बन्धी बिधि तयार पार्न गठिन कार्यदलले प्रारम्भिक मस्यौदा बनाउन उपसमिति गठन गरेको छ ।
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलवार बसेको कार्यदलको बैठकले फागुन २२ भित्र प्रारम्भिक मस्यौदा पेश गर्न दुई/दुई सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलका प्रवक्ता गोकर्ण विष्टका अनुसार अन्तरिम बिधानको प्रारम्भिक खाका मस्यौदा गर्न माओवादीका वर्षमान पुन र एमालेका बेदुराम भुसाल रहेको उपसमिति गठन भएको छ ।
त्यस्तै जनसंगठन, भातृ संगठन, सामुदायिक संगठन, पेशागत संगठन र बिभिन्न प्रतिष्ठानहरुको एकीककरण बिधि र नीति तय गर्न अर्को कार्यदल बनेको छ ।
कार्यदलमा एमालेका गोकर्ण विष्ट र माओवादीका गिरिराजमणि पोखरेल छन् ।
दुवै उपसमितिले फागुन २२ गतेको बैठकमा प्रारम्भिक रिपोर्ट पेश गरेपछि कार्यदलले थप छलफल गरेर फागुन २५ भित्र अन्तरिम बिधान र संगठनात्मक एकीकरणकेा बिधि पार्टी एकता संयोजन समिति समक्ष पेश गर्नेछ ।
यसअघिको बैठकमा दुवै दलले आ-आफ्नो बिधान, दस्तावेज र कमिटीहरुको विवरण आदानप्रदान गरेका थिए ।
पार्टी केन्द्रदेखि गाउँ तहसम्मका कमिटीहरु एकीकरण गर्न यो कार्यदलले ठोस आधार तय गर्नेछ ।
त्यस्तै भातृ संगठनहरुको एकीकरणको बिधि समेत यही कार्यदलले तय गर्नेछ ।
कार्यदलको संयोजक माओवादी नेता रामवहादुर थापा बादल छन् भने एमालेबाट ईश्वर पोखरेल, बिष्णु पौडेल,गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे,रघुवीर महासेठ र बेदुराम भुसाल छन् ।
माओवादीबाट गिरिराजमणि पोखरेल,वर्षमान पुन, जनार्दन शर्मा र मात्रिका यादव सदस्य छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया