इन्जिनियर्स एशोसियशनको चुनावमा नुवाकोट नुवाकोटका दुई जनाले दिए उम्मेदवारी

विदुर खबर २०७५ मंसिर २ गते १:२५

Advertisement

नुवाकोट मंसिर २,नेपाल इन्जिनियर्स एशोसियशन को ३२ औं कार्यकारिणी समितिको आगामी मंसिर २८ गते हुने निर्वाचन मा प्रोग्रेसिभ इन्जिनियरिंग एसोसिएसन (पिन) तर्फ बाट त्रिभुवन बिश्वबिद्धालय ईन्जिनियरिङ संकायका डिन प्रा.डा .त्रिरत्न बज्राचार्यकाे नेतृत्व र ई. छबि पाेख्रेल महासचिब रहेकाे समितिमा केन्द्रिय सदस्य पदमा ई.अनिल नेपाल र ई.नन्द लाल बन्जाडे को नेतृत्व मा रहेको ३ नम्वर प्रदेश कार्यकारिणि समिति सदस्यमा ई.सागर न्यौपानेले उम्मेदवारी दिएका छन ।

देशभरिमा करिब १७००० मतदाता रहेको नेपाल इन्जिनियर्स एशोसियशनको नेतृत्व हरेक २/२ बर्षमा निर्वाचनबाट चुनिने गर्दछ । बिदुर नगरपालिका निवासी नेपाल पुल्चोक क्याम्पस बाट मेकानिकल इन्जिनियरिङ स्नातकोत्तर तह सम्मको अध्ययन पुरा गरेका छ । पारिवारिक राजनैतिक पृष्ठभुमि बाट हुर्केका उनी पुल्चोक क्याम्पस का पुर्ब इन्चार्ज हुन ! हाल उनी प्रोग्रेशिभ इन्जिनियरिङ्ग एशोसियशन नेपाल (पिन) को केन्द्रीय सदस्य समेत हुन ।

इन्जिनियरिङ्ग क्षेत्रमा उनी प्रष्ट वक्ता स्वच्छ छबी भएका एक इमान्दार इन्जिनियरको रुपमा चिनिने गर्दछन । नेपाल भन्छन् “इन्जिनियरिङ बिषयमा बोल्ने, सरकारलाइ उचित सुझाब दिने र जनमैत्री क्रियाकलाप गर्नाको लागी हामिले जित्नै पर्छ, सबै लाई परिवर्तनको अभास देखाउन, अग्रगमनको लागि, संवृद्द नेपालको लागि र नेईए समग्र ईन्जिनियरहरूको नै हो भन्ने आभाष दिलाउनको लागि” ।लिखु गाउँपालिका नुवाकोट निवासी न्यौपाने सगरमाथा ईन्जिनियरिङ क्याम्पस बाट सिभिल ईन्जिनियरिङ मा स्नातक गरेका थिए । उनीले अखिल क्रान्तिकारी बाट तत्कालीन स्वबियु सदस्य समेत जितेका हुन । इन्जिनियरिङ्ग क्षेत्रमा उनी प्रष्ट वक्ता स्वच्छ छबी भएका एक इमान्दार इन्जिनियरको रुपमा चिनिने गर्दछन ।

न्यौपाने भन्छन “अहिलेसम्म हामिले देखेको NEA केबल केहि थान ब्यक्तिहरुको घुम्ने कुर्सी जस्तो देखियो। चुनाब जित्ने, आफु अनुकुल कार्यक्रम गराउने र मन परेकालाइ तक्मा भिराउने,मौका मिले बिदेश सयर गर्ने गलत प्रवृत्ति को विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउछ्न” !

प्रतिक्रिया