गगन थापाको राजीनामा अस्वीकृत
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टी र आफूले पराजय भोगेपछि थापाले नैतिक रूपमा राजीनामा दिए पनि त्यसलाई कार्यसमिति बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले राजीनामा अस्वीकृत गर्नुका विभिन्न आधारहरु पेस गरेको छ । जसअनुसार संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरूका कारण निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकालिएको छ ।
वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ । राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेको समेत जनाइएको छ ।
यसैगरी बैठकले राजीनामा बाध्यकारी नभई नैतिक र स्वैच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएको निष्कर्ष निकालेको हो ।
उता शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरुले पार्टीको समानन्तर गतिविधि सञ्चालन गर्न थालेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे तारकेश्वरका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ





प्रतिक्रिया